FLASH NEWS
  • Loading...

आहा, लेकाली सौन्दर्य

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३५६ पटक पढिएको
Post Thumbnail

पहाडी वस्तीभन्दा माथिल्लो र हिमाल मुनी फैलिएका घाँसे मैदानलाई वुक्यान अर्थात लेकाली क्षेत्र भनिन्छ ।
हिमाली श्रृखलाको दक्षिणी भागमा पर्ने मनसुन (झरी)को मौषममा लेकाली बुकीपुलहरु असार–भदौसम्म उम्रने, बढ्ने, फक्र्रने र फुल्ने गछन । मनसुनी मौषममा फुल फुल्दा लेकाली क्षेत्र स्वर्गको टुक्रा झै अलौकिक सुन्दरता देखिन्छ ।

यो सिजन हिमालको काखमा जंगली फूलहरुको सौन्दर्यको मज्जा लिने उपयुक्त समय हो । पर्वतीय पदमार्गमा जानकालागी बाढीपहिरोको जोखिम न्यून, छोटो समयमा यात्रा गर्न सकिने र कम खर्चिलो मनसुन यात्राकालागी खोप्रा–खयरवराह लेक क्षेत्र उपयुक्त छ ।

अन्नपूर्ण र धौलागिरी हिमश्रृखलामा बादलुको घुम्टो उघ्रोको बेला देखिने सूर्योदय र सूर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल तलैया प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधताको अध्ययनका लागि पनि उपयुक्त छ, यो पदमार्ग ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने अन्नपूर्ण हिमालको पश्चिम फेदीमा ४ हजार ७ सय ६० मिटर उचाईमा अवस्थित खयरवाराही तालमा जनै पूर्णिमाको अवसरमा ठूलो धार्मिक मेला समेत लाग्छ ।