- Loading...
नागरिकता विधेयककाे विराेधमा क्षत्री समाजले ज्ञापनपत्र बुझायो
- पुनहिल डट कम
- २ साल अघि
- ३५५ पटक पढिएको

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले आज (मङ्गलवार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता विधेयक फिर्ताको माग गर्दै क्षेत्री समाजले ज्ञापनपत्र बुझाएको हो ।
‘राष्ट्रिय अखण्डता, विभेदमुक्त जातीय सद्भावको निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित समाजले राष्ट्रिय कार्यक्रमअन्तर्गत म्याग्दीमा पनि ज्ञापनपत्र बुझाइएको जनाएको छ । देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा दुवै सदनबाट पारित नागरिकता विधेयक फिर्ताको ध्यानाकर्षणस्वरुप ज्ञापनपत्र पठाइएको हो ।
सरकारले फास्ट ट्रर्याकको नाममा संसदमा पर्याप्त छलफल नगरिकनै नागरिकता विधेयक जस्तो संवेदनशील विषयलाई बहुमतको आधारमा पारित गरेकोमा क्षत्री समाज नेपालको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यसैगरी वंशजको अधिकारबाट नागरिकता पाउने आधारबाहेक अन्य आधारबाट विदेशी नागरिकहरुलाई नागरिकता दिने व्यवस्था विभिन्न मुलुकहरुमा आ–आफ्नै नियम र कानुनहरु छन् । भारतमा विवाह भएको ७ वर्षपछि मात्रै नागरिकता पाउने प्रक्रिया अघि बढ्ने प्रावधान रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
मुलुक विस्तारै ‘फिजिकरण’तर्फ उन्मुख हुने अवस्था देखिएको क्षत्री समाज अाराेप लगाएकाे छ । क्षत्री समाजका जिल्ला लक्ष्मी केसी र सचिव हिमबहादुर भण्डारीले हस्ताक्षर गरेको ज्ञापनपत्र म्याग्दीका प्रजिअ चिरञ्जीवी रानालाई हस्तान्तरण गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
