FLASH NEWS
  • Loading...

कालिगण्डकी गर्जमा लगानी सुनिश्चित

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३१ पटक पढिएको
कालिगण्डकी गर्जमा लगानी सुनिश्चित

अन्नपूर्ण गाउँपालिकामा पर्ने संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा वन्ने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा लगानी सुनिश्चित भएको छ ।

प्राविधिक परामर्शदाता रहेको हाईड्रो सोलुसन काठमाण्डौ विधुत विकास विभागसँग लाईसेन्स नविकरण गर्न नसक्दा अलपत्र परेको १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा लगानी सुनिश्चित भएको हो । आयोजनामा ८ बर्ष अघि ७ वटा विदेशी तथा स्वदेशी लगानीदाता जुटाएपनि विधुत खरिद सम्झौता (पिपिए) गर्न अक्षम भएको थियो ।  शनिवार राजधानीमा सम्पन्न लगानी सम्मेलनमा चीनियाँ सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रोपावर इन्भेष्टमेन्ट, साँघाई इन्भेष्टमेन्ट, डिजाईन एण्ड रिसर्च इन्स्टिच्युट्सन र नेपालको हाईड्रो सोलुसन काठमाण्डौले ४२ अर्व लगानी गर्न सहमतिमा हस्ताक्षर गरेका हुन ।

कालीगण्डकी गर्ज निर्माण गर्न सन २०१८ जुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा कालीगण्डकी गर्जका तर्फबाट हाईड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान र युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाईड्रो इन्भेस्टमेन्ट कम्पनी विच संयुक्त लगानी गर्ने गरी सम्झौतामा भएको थियो ।

मुस्ताङ्ग र म्याग्दीको सिमावर्ती पैहृोथाप्लाबाट कालीगण्डकीको पानीलाई ६ किमी तल अन्नपूर्ण गाउँपालिका, ४ घरापमा अर्धभुमिगत विधुतगृहमा खसाल्ने योजना छ । बेनीजोमसोम कच्ची राजमार्गको ३६ किमी उत्तर थासाङ गाउँपालिका १ लेते, २ कुञ्जो र अन्नपूर्ण गाउँपालिका ३ काप्रे र ४ पैहोथाप्ला नजिक बाँदरजुँङभीरको गहिरो खोँचमा ड्याम बनाउने प्रस्ताव छ । प्राविधिक परामर्शदाता हाईड्रो सोलुसन काठमाण्डौले आयोजनालाई आवश्यक ३ सयबढी जग्गा खरिद गरिसकेको छ । परियोजना रन अफ द रिभर सिस्टमको हो ।

मुहानदेखी पावरहाउस क्षेत्रसम्म मोटरबाटोको पहुँच रहेको आयोजनाबाट उत्पादित विधुतलाई १ किलोमिटर माथी दानामा निर्माणाधिन २२० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईन सवस्टेसनमा जोडिने छ ।

त्यसैगरी गैह्रआवसीय नेपाली संघ (एनआरएन)हरुले पनि म्याग्दीका तीन वटा आयोजना संञ्चालन गर्ने भएका छन । रघुगंगा गाउँपालिका, ८ स्थित २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविधुत आयोजना, धौलागिरी गाउँपालिका, ३ मुना स्थित ७.५ मेगावाट क्षमताको दरखोला र मालिका गाउँपालिका, ४ दरवाङ्गमा निर्माणाधिन २५ मेगावाट क्षमताको दरवाङ्ग म्याग्दी जलविधुत आयोजनामा लगानी गर्ने भएका छन । लगानी सम्मेलनमा एनआरएनले देशका साना ठूला जलविधुतमा लगानी गर्नेगरी १० अर्वको लगानी सम्झौता गरेका छन ।