- Loading...
४० रूपैयाँको पोकामा ‘मृत्यु’, किन्ने २८ जनाले ज्यान गुमाए
- पुनहिल डट कम
- २ साल अघि
- ६१५ पटक पढिएको

४० रूपैयाँमा ‘मृत्यु’ किनेर कैयौं दर्जन मानिसले ज्यान गुमाएको र उत्तिकै ठूलो संख्यामा मानिसहरू मृत्युसँग संघर्ष गरिरहेको खबर बाहिरिएको छ । भारतको गुजरातमा मदिरा प्रतिबन्ध छ तर त्यही ठाउँमा अवैध मदिराले ठूलो संख्यामा मानिसहरूको ज्यान लिएको छ ।
गुजरातको बोटाद जिल्लामा कथित रूपमा नक्कली मदिरा सेवनबाट २८ जनाको मृत्यु भएको छ । जबकि ५० भन्दा बढी व्यक्ति अझै अस्पतालमा भर्ना छन् । यहाँ मानिसहरूले प्लास्टिकको सानो प्याकेट रक्सी (जसलाई पोटली पनि भनिन्छ) ४०-४० रुपैयाँमा किनेको बताइएको छ । गुजरातमा अवैध मदिरा यस्तै पोटलीहरूमा बेचिन्छ।
प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ । एफआईआरमा १४ जनाको नाम छ । प्रहरीले घटनामा संलग्न भनिएका लगभग सबै अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाउँका बासिन्दाले सिधै पानीमा केमिकल मिसाएर पिएका थिए । एफएसएलको प्रतिवेदनमा पनि यो कुरा खुलेको छ । गाउँका जनताले सेवन गरेको रक्सीमा ९८ प्रतिशतभन्दा बढी मिथाइल भेटिएको छ ।
यस घटनामा प्रहरीले ठूलो दाबी गरेको छ । अभियुक्तले मदिरा बिक्री नगरी मदिराको नाममा केमिकलका पाउच बनाएर सिधै जनतालाई बेच्ने गरेको प्रहरीले जनाएको छ । यो सम्पूर्ण षडयन्त्र तीन तहमा रचिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इमोस कम्पनी मिथाइलको व्यवसायसँग सम्बन्धित छ । इमोस कम्पनीका गोदाम प्रबन्धक जयेश उर्फ राजुको संदिग्ध भूमिका रहेको बताइएको छ । राजुलाई प्रहरीले अहमदाबादबाट नियन्त्रणमा लिएको छ । राजुले गोदामबाट केमिकल निकालेको बताइएको छ ।
प्रहरीका अनुसार जयेशले आफन्त सञ्जयलाई ६० हजारमा २०० लिटर मिथाइल दिएका थिए । त्यसपछि सञ्जय, पिन्टुलगायतले यो केमिकलबाट मदिरा नबनाएर मदिराको नाममा केमिकलको थैली सिधै जनतालाई दिए । यो केमिकल पिएर मानिसको मृत्यु हुने गरेको छ । एफएसएल रिपोर्ट आएपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइनेछ । *डिसीनेपालमा समाचार प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
