FLASH NEWS
  • Loading...

बेनीमा निःशुल्क योग शिविर सुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३४२ पटक पढिएको
बेनीमा निःशुल्क योग शिविर सुरु

सदरमुकाम बेनीमा तीन दिने बृहत निःशुल्क योग शिविर सुरु भएको छ ।

बेनी नगरपालिका, ७ बेनीको खुल्ला मञ्चमा आयोजना गरिएको बृहत योग शिविरको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन र प्रशिद्ध योग प्रशिक्षक एवं मनोक्रान्ति अभियन्ता विकासानन्दले सुभारम्भ गरे ।

‘स्वास्थ्य जीवन अभियान’ अर्न्तगत गण्डकी प्रदेश सामाजीक विकास मन्त्रालयको आयोजनामा म्याग्दीबाट निःशुल्क योग शिविर अभियान सुरु गरिएको हो । चैत १३–१५ गतेसम्म चल्ने शिविरमा मनोक्रान्ति अभियन्ता योगगुरु विकासानन्दले तीन दिनसम्म विभिन्न प्रकारका योग प्रशिक्षण गर्ने कार्यक्रम छ ।

‘नेपाली समाजमा पहिला सर्ने रोगको समस्या थियो, विस्तारै जीवन शैली र खानपिनमा आएको फेरवदलले ब्लड प्रेसर, सुगर समेतका नसर्ने रोगले थिच्दै लगेको छ । त्यसैले श्वास्थ्य जीवन अभियान आवश्यक रहेकोले प्रदेश सरकारकै पहलमा योग शिविर अभियान सुरु गरिएको हो’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन्, ‘नसर्ने रोगबाट वच्न आहारविहार र शारिरिक तथा मानसिक ब्यायाम सवैभन्दा प्रभावकारी माध्यम हो ।’