FLASH NEWS
  • Loading...

रेडियो म्याग्दी एवं पर्यटन महोत्सव हुने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३३६ पटक पढिएको
रेडियो म्याग्दी एवं पर्यटन महोत्सव हुने

रेडियो म्याग्दीले आगामी चैत २१ देखी १ बैशाखसम्म प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव गर्ने भएको छ ।

आन्तरिक प्रर्यटन बढाउन महोत्सव गरिएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा रमाईलो मेला, दोहोरी गित प्रतियोगिता तथा एकल खुल्ला नृत्य (म्याग्दी आईडल) प्रतियोगिता गरिने भएको छ । प्रतियोगितामा दोहरी गित, स्थानिय लोकसंस्कृति र भेषभुषा समेतको झाँकी प्रर्दशनी गरिने महोत्सवका मुल संयोजक चिरिञ्जिवी शर्माले बताए ।

स्कुले विद्यार्थीको बार्षिक परिक्षा समाप्त भै नयाँ शैक्षिक सत्र सुरु भैनसकेको सयमलाई उपयोग गर्दे सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ने संञ्चार संस्था रेडियो म्याग्दीले स्कुले किसोर–किसोरीलाई लक्षितगरी महोत्सव आयोजना गरेको छ । आर्थिक संकट झेलिरहेको रेडियो म्याग्दीले महोत्सवबाट वचेको रकमबाट सेवालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

‘रेडियो म्याग्दी एवं पर्यटन महोत्सवबाट वचेको रकमलाई रेडियो म्याग्दीको ब्यवस्थापन सुधारमा खर्च गरिने र केही रकम पत्रकार आकस्मिक कोषमा राख्ने उद्देश्य हो’ रेडियो म्याग्दीका ब्यवस्थापक एवं महोत्सवका मुख्य ब्यवस्थापक रहेका भरत रकालले भने, ‘महोत्सवमा एक लाख दर्शकबाट ५ करोडको कारोवार हुने र संस्थाले मात्र करिव ५७ लाखको कारोवार गर्ने लक्ष्य छ ।’