FLASH NEWS
  • Loading...

स्वास्थ्य कार्यालयको बार्षिक प्रगति विवरणको समिक्षा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३७१ पटक पढिएको
स्वास्थ्य कार्यालयको बार्षिक प्रगति विवरणको समिक्षा

स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा गरेका कार्य प्रगति विवरणको समिक्षा गरेको छ ।

विहिबार कार्यालयले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरी बार्षिक प्रगति सार्वजनिक तथा छलफल गरेको हो । कार्यालयले कुल ६ करोड १८ लाख २६ हजार रुपैयाँ बजेटमध्ये ४ करोड ६३ लाख १४ हजार ५२६ खर्च भएको जनाएको छ।

कार्यालय प्रमुख एकनारायण लम्सालले कोरोना संक्रमणबाट मृत्यु भएका सदस्यका परिवारको आवेदन आधारमा ५१ जनालाई ५० हजार रुपैया दरले २५ लाख ५० हजार रुपैयाँ वितरण गरिएको पनि वताए । त्यस्तै, स्थानीय तहको समन्वयमा कोेभिड १९ विरुद्धको खोप र टाईफाईड विरुद्धको खोप अभियान चलाएको भनेकाे छ । 

२०७१ साल चैत १५ गते म्याग्दी पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भैसकेकाेले यस बर्ष स्थानीय तहलाई पुर्ण खाेप सुनिश्चितता प्रमाणिकरण प्रक्रिया थालिएकाे कार्यालयले जनाएको छ ।