FLASH NEWS
  • Loading...

एसईईमा दृष्टीविहीन र जनप्रतिनिधी पनि सहभागी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०९ पटक पढिएको
एसईईमा दृष्टीविहीन र जनप्रतिनिधी पनि सहभागी

आईतावार देखी सुरु भएको एसईई परिक्षामा एक वडाध्यक्ष समेत तीन जना जनप्रतिनिधी र दुई दृष्टीविहिन विद्यार्थी सहभागी छन ।

सदरमुकाम बेनीको प्रकाश माध्यामिक विद्यालयमा रहेका खुल्ला विद्यालयबाट अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्वुजा, महिला सदस्य देवकुमारी गर्वुजा र खुल्ला सदस्य गेममायाँ पुन एसईई परिक्षामा सहभागी भए । गेममायाँ अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य तथा लघुग उद्यमी र महिला स्वएंमसेविका समेत हुन । पहिलो पटक २०४४ सालमा एसएलसी परिक्षामा सामेल भएका वडाध्यक्ष गुर्वजाले गणित विषयमा अनुतिर्ण भएपछि पढाई छोडेका थिए ।

‘एसएलसी परिक्षा त्यागेको ३३ बर्षपछि वल्न पढाईको ठक्कर लाग्यो, वडाध्यक्ष भएपछि पठाईको महत्व वुझैं र परिक्षा दिन आएको हुँ’ बेनीको सामुदायीक परिक्षा केन्द्रमा भेटिएका गर्वुजाले भने, ‘ब्यवहारिक ज्ञानले पनि सिकाएकोले परिक्षा पास हुन्छु भन्ने विश्वास छ ।’

त्यसैगरी ज्ञानोदय माध्यामिक विद्यालय दृष्टीविहिन श्रोत कक्षाबाट अध्ययन गरेका दृष्टीविहिन भरत रिजाल र लक्ष्मण बुढाथोकी मुक्तिधाम मावि केन्द्रबाट एसईई परिक्षामा सहभागी भए ।

जिल्ला शिक्षा विकास तथा समवन्य इकाईका अनुसार यस बर्ष ९ वटा परिक्षा केन्द्रमा एक हजार १ सय ११ जना छात्रा समेत दुई हजार दुई सय ३६ जना विद्यार्थी एसईई परिक्षामा समेल छन । जसमध्य गलेश्वर माध्यामिक विद्यालयका ३२ जना सिभिल इन्जिनियरिङका विद्यार्थी छन । २५ जना खुल्ला तर्फबाट र ७ जनाले ग्रेडबृद्धीकालार्गी परिक्षामा सामेल भएका हुन ।