FLASH NEWS
  • Loading...

घरमै झुत्रा भए पाहुनालाई वुनेका ‘कोसेली’

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७२ पटक पढिएको
घरमै झुत्रा भए पाहुनालाई वुनेका ‘कोसेली’

|kfx'gfnfO{ a'g]sf sf];]nL 3/d} em'qf aGb} M DofUbLsf] cGgk"0f{ ufp“kflnsf, * gfuLsL Ps u[x0fL ufp“ 3'Dg cfPsf ko{6snfO{ j]Rg /}yfg] k|ljwLaf6 a'g]sf …dfof“sf] lrgf]Ú xft] emf]nf j'Gb} . sf]/f]gf sx/n] ko{6s -kfx'gf_ cfpg 5f]8]k5L dlxnfx?n] k/Dk/fut lzk cg';f/ xftn] a'g]sf] ;fdfu|L 3'/d} em'qf aGg yfn]sf 5g . kmfO{n t:jL/ M 3gZofd v8sf, sflGtk'/

गाउँ घुम्न आएका पर्यटकलाई वेच्न रैथाने प्रविधीबाट बुनेका ‘मायाँको चिनो’ हाते झोला र भाङ्ग्रा पाहुना नै आउन छोडेपछी घुरमै झुत्रा बन्न थालेका छन ।
गाउँघरमा लोपुन्मुख हातबुना ऊनी झोलाको परिमार्जित ल्यापटप, आइप्याड, नोटवुक, स्मार्ट मोवाईल फोन बोक्ने ‘ब्याग’ पर्यटक आउन छोडेपछि अलपत्र परेका हुन । जिल्लाको नागी, राम्चे, हिस्तान, खिवाङ, पाउद्धार, स्वाँताका गृहणीहरुले परम्परागत शिप अनुसार बुनेका चिटिक्क झोला र फुलबुट्टे भाङ्ग्राहरु स्वदेश तथा विदेशी पाहुनाका आर्कषण थियो । उनीहरुले आफुहरुले मात्र होईन घर फर्कनेले परिवार सदस्य र आफन्तलाई ‘कोसेली’ किन्ने गरेका थिए ।
‘परम्परागत शैलीमा बुन्ने यस्ता झोला र भाङ्ग्राहरु विदेशी पर्यटकले मात्र होईन शहरबजार झरेका आन्तरिक पर्यटकले पनि खुव रुचाउँथे । अहिले किन्न आउने नभएपछि घरमै झुत्रा भएका छन’ अन्नपूर्ण गाउँपालिका, ७ हिस्तानकी पवीसरा पुनले सुनाईन ‘कोरोनाले गाउँको पर्यटन मात्र मरेन, हाम्रो शिप र पुरानो प्रविधी पनि नष्ट हुने भयो ।’
अन्नपूर्ण गाउँपालिका भित्र समेटिएको अन्नपूर्ण–धवालागिरी सामुदायीक पर्यापद मार्गमा पर्ने मगरवस्तीका महिलाहरुले परमपरागत हातबुना झोलालाई परिस्कृत गरी आधुनिक संञ्चार उपकरण बोक्ने ‘ब्याग’ बनाउँथे । मेलापात र घरगोठको कामबाट उव्रेको समयमा बुनेका हातबुना झोलाहरु दैलोमा विक्रि गरेका गृहणीहरु पर्यटन क्षेत्र सुस्ताएपछि निराश भएका छन ।
‘गाउँमै पर्यटकहरुको भीड हुन्थ्यो । कसैले दुध वेच्थे, कसैले मासु । हामी महिलाहरुले हातको सीप वेचेर दुई पैसा हातमा पर्थो । नयाँ वेच्नु त छैन, पाहुलाई वेच्न बुनेका उपहार सामाग्री पनि थन्केर बसेका छन’ अन्नपूर्ण गापा, ८ स्थित नागीकी राममायाँ पुनले भनिन,–‘पर्यटनको त्यो चहल–पहल गाउँमा फेरी फर्केला कि नफर्केला अनौठो लाग्छ । कहिले कोरोना, कहिले युद्ध के के हो ।’
त्यति मात्र होईन नागी गाउँमा छुट्टै माछापुच्छ्रे लघुउद्यम समुहले अर्घेलीको कागजका आकर्षक झोला र नोट बुकलाई सिङ्गापुर र कलात्मक नोट वुकहरु अष्ट्रेलिया पठाउने गरेका थिए । पछिल्लो तीन वर्षदेखी त्यो पनि रोकिएको छ । कागज बनाउने अर्घेली र लोकता काट्न छोडेपछि गाउँका वनपाखामा झाडी फैलिएको छ ।
जंगलमा पाईने अर्घेलीको लोकतालाई घरेलु प्रविधिबाट प्रशोधन गरि कागजको नोटवुक, हाते झोला र नेपाली कागज बनाउने उद्योग वन्द भएपछि त्यहाँ आश्रित कम्तीमा १२ जना महिलाले रोजगारी गुमाए ।
‘हामीले उत्पादन गरेका अर्घेलीको कागजबाट बनाईएको नोटवुकहरु अस्ट्रेलियाकी सेरा भन्ने महिलाले र सिङ्गापुरमा किङ्ग भन्ने ब्यक्तिले लैजान्थे । कोरोना कहरले अहिले माग आएको छैन । सम्पर्क छुटेको छ’ समुहकी मेनेजर कुमारी चोचाङ्गी पुनले ‘पर्यटन फेरी फर्केला भन्ने झिनो आसामा बसेका छौं ।’