- Loading...
सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दोस्रो दुर्घटना
- पुनहिल डट कम
- २ साल अघि
- २५३ पटक पढिएको

पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घटना हो । चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रबाट सम्पर्क विहीन छ ।
यसअघि तारा यएरको कलसाईन नाईन–एनएएचएच ट्वी नअटर विमान ०७२ फागुन १२ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेस्थित सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त हुँदा दुई विदेशी, दुई बालबालिकासमेत २३ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी ०७३ भदौ ३ गते १९ जना यात्रु बोकेर जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९ एमईक्यू ट्वीनअटर विमान धावन मार्गमा स्पीड लिँदा पाङ्ग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो ।
पोखरा–जोमसोम रुटमै ०५६ सालमा पनि अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने निलगिरी हिमालको दक्षिण फेदीमा लुम्बिनी यएरको विमान दुर्घटना हुँदा चालकदलसहित १८ यात्रुको ज्यान गएको थियो ।
त्यस्तै ०६९ जेठ १ गते पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थल नजिकै पानीट्याङकी डाँडामा ठोक्किँदा २ चालक दलका सदस्य र १३ जना भारतीय पर्यटकको मृत्यु भएको थियो ।
०५९ भदौ ३ गते जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरा नजिक दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भएको थियो । *घनश्याम खड्का/कान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
