FLASH NEWS
  • Loading...

बेनी नगरको कार्यपालिका सदस्यमा १६ जना र रघुगंगामा १३ जनाको उम्मेदवारी दर्ता

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३६६ पटक पढिएको
बेनी नगरको कार्यपालिका सदस्यमा १६ जना र रघुगंगामा १३ जनाको उम्मेदवारी दर्ता

बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि ६ र ६ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् ।

नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका ५ जना, नेकपा माओवादी केन्द्रका २ जना र नेकपा एकीकृत समाजबादीका १ जनाले मनोनय दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । दलित वा अल्पसंख्यकतर्फ एमालेका भोजबहादुर थापा, सुनिता बोहोरा, सुवास बि.क., कांग्रेसका मनकुमारी बिक, माओवादीका किसान विश्वकर्मा र नेकपा एकीकृत समाजबादीका कृष्णकुमार विश्वकर्माले मनोनयन दर्ता गराएका छन ।

महिलातर्फ एमालेकी जानकी वि.क., जानकी शर्मा, दुर्गाकुमारी शर्मा, नरु थजाली, निर्मला शर्मा सापकोटा, नेपाली कांग्रेसका निर्मला मल्ल, बबिता सापकोटा, सुजाता किसान, सृजना श्रेष्ठ र नेकपा माओवादी केन्द्रका मिनाकुमारी कार्कीले मनोनयन दर्ता गरेका छन ।

बेनी नगरपालिकामा नेकपा एमालेका नगरप्रमुखसहित २३ जना, नेकपा माओवादी केन्द्रका उपप्रमुखसहित १५ जना र नेपाली कांग्रेसको १४ जना मतदाता छन् ।

त्यसैगरी रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका हुन् ।

रघुगंगामा महिलातर्फ ४ र दलित वा अल्पसंख्यकबाट दुई जना कार्यपालिका सदस्य निर्वाचित हुदैछन् । महिला कार्यपालिका सदस्यका लागि नेकपा एमालेका आईती दर्जी, उमादेवी केसी, रसिला परियार जयन्ती मल्ल भण्डारी, कांग्रेसकी कुमारी पुर्जा गर्वुजा, धनमाया गोतामे, प्रिति गर्वुजा र सोमिता पुनले मनोनयन दर्ता गरेका छन ।

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका कल्पना परियार, फुलकुमारी दमाई, कांग्रेसका रिमबहादुर बिक, सम्झना परियार र नेकपा माओवादी केन्द्रका होमबहादुर दर्जीले मनोनयन दर्ता गरेका हुन । रघुगंगामा नेपाली कांग्रेसका अध्यक्ष, उपाध्यष र पाचँ जना वडाअध्यक्ष सहित २७ जना मतदातासहित बहुमतमा छ भने नेकपा एमालेको तीन वडाअध्यक्षहित १५ जना मतदाता छन् ।