FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी विजयी

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी ६ हजार ५ सय ६६ मत लिएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी गठवन्धन (काँग्रेस)का चिरिन्जिवी शर्माले ५ हजार १ सय ९८ मत पाए ।
त्यसैगरी उपमेयरमा गठवन्धन (माओवादी केन्द्र) की ज्याति लामिछानेले ७ हजार ४३ मत लिएर विजयी भईन । लामिछानेकी निकटतम प्रतिद्वन्दी एमालेकी पशुपति शाहीले ५ हजार ५ सय मत पाईन ।
बेनी नगरपालिका, १० वडामध्य १, ५, ६, ८ र १० मा एमालेका टेकबहादुर थापा, गोविन्द बानियाँ, उत्तम कर्माचार्य र मस्तविर रोका विजयी भएका छन । २ र ९ नम्बरमा गठवन्धनका (काँग्रेस) यामबहादुर कार्की, चक्र कार्की तथा ३ र ४ नम्बर वडामा गठवन्धन (माओवादी केन्द्र)का पदम पुन र अणबहादुर खड्का विजयी भएका छन ।