FLASH NEWS
  • Loading...

म्याग्दीको रघुगंगा गाउँपालिकामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९९ पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिकामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

रघुगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार काँग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतसहित विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ मतले पछ्याएका थिए । भण्डारी दोस्रो कार्यकालकालागी अध्यक्ष निर्वाचित भएका हुन ।
त्यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३ सय ६४ मतसहित विजयी भएकी छिन । उनलाई एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २ सय ४५ मतले पछ्याएकी थिईन । रघुगंगा गापाका ८ वडामध्य ७ वडामा अग्रता लिएकी पछि रहेकी पुनले ८ वडामा पुगेपछि अग्रता लिँदै विजय हात पारेकी थिईन ।
त्यस्तै, वडाध्यक्षहरुमा वडानम्बर १ बेगमा वीलप्रसाद फगामी, ४ दग्नाममा पविन गर्वुजा, ५ झिंमा मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा मनकुमार शेरपुञ्जा र ८ कुईनेमंगलेमा गमान छन्त्यालको प्यानलै काँग्रेसले जीतेको छ ।
०७४ सालमा रघुगंगा गापामा क्लिनस्लीप पाएको एमालेले यस पटक भने तीन वडामा जीत निकालेको छ । रघुगंगाका ८ वडामध्य एमालेले २ मा अमित भण्डारी, ३ मा खिमबहादुर शाही, ७ मा थकबहादुर (रीम) पाईजाको नेतृत्वमा प्यानल जीतेको छ । पालिका अध्यक्ष, उपाध्यक्षमा धेरै मत सुधार गरेको छ । एमालेले ८ नम्बर वडाको छन्त्याल वाहुल्य कुईनेमंगलेमा मत सुधार गर्न सकेको भए, उपाध्यक्ष हात पार्न सक्थ्यो ।