FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित, आयोगको निर्णय पर्खने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१२ पटक पढिएको
अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित, आयोगको निर्णय पर्खने

अन्नपूर्ण गाउँपालिका, ३ दानाको घोषित मतपरिणामलाई लिएर काँग्रेसले धाँदली भएको भन्दै विरोध गरेपछि मतगणना स्थगित भएको छ ।
विवादपछि निर्वाचन अधिकृत, काँग्रेस, एमालेका जिल्ला नेतृत्व तथा स्थानीय नेतृत्व, प्रमुख जिल्ला अधिकारी समेत सुरक्षा अधिकारीहरु सम्मिलिन सर्वपक्षिय बैठकमा मतगणना सुचारु गर्ने विषयमा सहमती नजुटेपछि निर्वाचन आयोगलाई लेखी पठाउने निर्णय भएको छ ।
‘मतपरिणाम घोषणा भै अर्को वडाको मतगणना भैरहेको समयमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार समेत प्रतिनिधीले विरोध गरेपछि मतगणना स्थगित गरेका छौं । सर्वपक्षिय बैठकमा पनि मतगणना सुचारु गर्ने विषयमा सहमति नभएपछि उहाँहरुको निवेदन निर्वाचन आयोगमा पठाउने र आयोगको निर्णय र निर्देशन अनुसार मतगणना सुचारु हुनेछ’ निर्वाचन अधिकृत जानुका सुवेदीले बताईन ।
निर्वाचन कार्यालयले अन्नपुर्ण गाउँपालिका, ३ मा काँग्रेसका वडाध्यक्ष उम्मेदवार सुरज बरुवालले ५ सय ८ र एमालेका रमेश पुर्जाले ५ सय ३४ मत पाएकोले एमालेका रेशम पुर्जालाई विजयी घोषणा गरेको थियो ।
निर्वाचन कार्यालयले ४ नम्बर वडा नारच्याङको मतगणना सुरु गरेपछि ३ वडामा खसेको मत भन्दा गणना गरिएको मतसंख्या बढी देखिएको आरोप लगाउँदै काँग्रेसले सो वडामा पुन: मतदानको माग गरेको छ ।