FLASH NEWS
  • Loading...

अन्नपुर्णमा मतगणना स्थगित

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८५ पटक पढिएको
अन्नपुर्णमा मतगणना स्थगित

अन्नपूर्ण गाउँपालिका, ३ दानाको घोषित मतपरिणामलाई लिएर काँग्रेसले धाँदली भएको भन्दै विरोध गरेपछि मतगणना स्थगित भएको छ ।
मतगणना स्थगित भएको विषयमा जानकारी माग्न निर्वाचन कार्यालयमा निर्वाचन अधिकृत तथा सहायक अधिकृत दुवैसँग सम्पर्क हुन सकेन । प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानाले अन्नपुर्णकाे मतगणना केही समयकालागी स्थगित भएकाे र अहिले बैठक बसी रहेकाे बताए ।
निर्वाचन कार्यालयले अन्नपुर्ण गाउँपालिका, ३ मा काँग्रेसका वडाध्यक्ष उम्मेदवार सुरज बरुवालले ५ सय ८ र एमालेका रमेश पुर्जाले ५ सय ३४ मत पाएकोले एमालेका रेशम पुर्जालाई विजयी घोषणा गरेको थियो ।
निर्वाचन कार्यालयले ४ नम्बर वडा नारच्याङको मतगणना सुरु गरेपछि ३ वडामा खसेको मत भन्दा गणना गरिएको मतसंख्या बढी देखिएको आरोप लगाउँदै पुन: मतगणनाको माग गर्दै नारावाजी गरिरहेका छन ।
‘मतगणनामा केही त्रुटी भएको आशंका रह्यो त्यसैले काँग्रेस कार्यकर्ताहरु जम्मा भै २ नम्बर वडादेखी नै पुन: मतगणनाको माग गर्दै छौं’ काँग्रेस कार्यकर्ता प्रेमबरुवालले बताए ।