- Loading...
मुस्ताङमा ७२ प्रतिशतबढी मत खस्यो, आजै रातीदेखी मतगणना हुने
- पुनहिल डट कम
- २ साल अघि
- ३४३ पटक पढिएको

हिमालपारीको मुस्ताङमा ७० प्रतिशतबढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार कुल १० हजार ४ सय ८५ मतदातामध्य ७ हजार ५ सय ५७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत रुमानाथ ज्ञवालीका अनुसार मुस्ताङका सवै पालिकामा राती ८ बजेसम्म सवै वुबाट मतपत्र आई पुग्ने र राती १० बजेभित्रबाट मतगणना सुरु गर्ने कार्यतालिका छ ।
लोमन्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार लोमन्थाङमा १ हजार ९ सय ४२ मतदातामध्य १ एक हजार २ सय ३१ भोट (६३ दशमलव १९ प्रतिशत) मत खसेको छ ।
वारागुङ मुक्तिक्षेत्र गापाकी निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार कुल २ हजार २ सय ४४ मतदातामध्य ७ सय ९५ जना महिलासमेत १ हजार ५ सय ८ (६७ प्रतिशत) मत खसेको छ ।
थासाङ गाउँपालिका निर्वाचन अधिकृत मुकुन्द आचार्यका अनुसार कुल २ हजार ७ सय ४७ मतमध्य १ हजार ७८ महिला, १ अन्य समेत २ हजार २ सय ४० (८१.५४ प्रतिशत) मत खसेको छ ।
लोघेकरदामोदरकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत नेपालहरी रानाभाटका अनुसार १ हजार ४ सय ७१ मतदातामध्य ५ सय २ जना महिलासहित ९ सय ८० (६७.३ प्रतिशत) मत खसेको छ ।
त्यस्तै, सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा २ हजार ८४ जना मतदातामध्य १ हजार ५ सय ९८ मत (७६.५६ प्रतिशत) खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
