FLASH NEWS
  • Loading...

मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७९ पटक पढिएको
मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु

बेनी जिल्ला अस्पतालमा निःशुल्क आँखा परिक्षण तथा मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु भएको छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौको प्राविधिक सहयोगमा गैहृसरकारी संस्था हामी नेपाली र बेनी स्थिती विभिन्न लायान्स तथा लियो क्लवहरुको ब्यवस्थापनमा तीन दिने शिविर सुरु भएको हो ।

अस्पतालका शिविर संयोजक डा. कल्याण ढुङ्गानाको नेतृत्वमा आएका आँखाका श्वास्थ्यकर्मी टोलीले आँखाका विरामीको श्वास्थ्य परिक्षण गर्दै फेला परेका मोतियाविन्दु झएका विरामीलाई निशुल्क शल्यक्रिया र चस्मा वितरण गर्ने कार्यत्रम छ ।