- Loading...
६ वटै पालिकामा एमालेका महिला उम्मेदवार, अरू पार्टीका कति ?
- पुनहिल डट कम
- २ साल अघि
- ३०६ पटक पढिएको

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा जिल्लाका सवै ६ वटा पालिकाकाे प्रमुख/उपप्रमुखगरी १२ वटा पदमा नेकपा एमाले ६ पदमा महिला उम्मेदवार उठाएकाे छ ।
एमालेले धवलागिरी गाउँपालिका प्रमुखमा महिला उम्मेदवार थमसरा पुनलाइ उठाएकाे छ । त्यस्तै मालिका गापा उपाध्यक्षमा लक्ष्मी पुन, मंगला गापामा प्रेमा अधिकारी, बेनी नगरपालिकामा पशुपति शाही, रघुगंगा गापामा यामकुमारी गवुर्जा र अन्नपूर्ण गापामा दीवा पुनलाइ उम्मेदवार बनाएकाे छ ।
नेपाली काँग्रेसले पालिकाकाे प्रमुख/उपप्रमुखगरी १२ पदमध्य ३ स्थानमा मात्र महिलालाइ उम्मेदवार बनाएकाे छ । ६ पदमा पुरूष उम्मेदवार छन । धवलागिरी गापा, बेनी नपा र रघुगंगा गापामा काँग्रेसका महिला उम्मेदवारी छैन ।
त्यस्तै माअाेवादी केन्द्रले पनि १२ पदमध्य ३ वटा पदमा मात्र महिला उम्मेदवार बनाएकाे छ । माअाेवादी केन्द्रले मालिका, मंगला गापा र बेनी नपाकाे उपप्रमुख पदमा महिला उम्मेदवारी दिएकाे छ ।
नगर/गाउँपालिकाकाे प्रमुख वा उपप्रमुखमध्य एक जना महिला हुनै पर्ने कानुनी ब्यवस्थालाइ छल्दै काँग्रेस र माअाेवादी केन्द्रले मिलेर धवलागिरी र रघुगंगाबाट महिलालाइ बाहिर राखेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
