FLASH NEWS
  • Loading...

करेन्ट लागेर विधुत कर्मचारी घाईते

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २८३ पटक पढिएको
Post Thumbnail

विधुत ट्रान्सफर्मरमा काम गर्दा करेन्ट लागेर विधुत प्राधिकरणका एक प्राविधिक घाईते भएका छन ।

अन्नपूर्ण गाउँपालिका, ५ फलाटेमा जोडिएको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा प्राविधिक कृष्णप्रसाद शर्मा घाईते भएका हुन । घाईतेको अन्नपूर्ण गापा, ५ शिखस्थित हेल्थपोष्टमा प्राथमिक उपचार गरिएको छ ।

घाईते शर्माको अवस्था गम्भीर रहेकोले थप उपचारकालागी पोखरा पठाउन हेलिकोप्टर खोजी भैरहेको गाउपालिका प्रमुख डमबहादुर पुनले बताए । ३३ केभिए प्रशारण लाईनको विधुत काटेर काममा गएका शर्माले काम गर्ने क्रममा वेनी स्थित सवस्टेसन फिडरबाट विधुत सप्लाई गरिदिएपछि करेन्ट लागेको हो ।

‘फलाटेमा ट्रान्सफर्मतमा समस्या आएपछि मर्मत चलिरहेको थियो । दोहोरो संञ्चार नभै प्राविधिक त्रुटी हुँदा दुर्घटना भएको छ । घाईतेलाई शिख हेल्थपोष्टमा पुर्‍याएको खवर छ । थप संञ्चार सम्पर्क हुन सकेको छैन’ विधुत प्राधिकरण वेनी कार्यालयका प्रमुख नेत्र अधिकारीले भने, ‘हेलिकोप्टर खोजी भैरहेको छ, पोखरा पुर्‍याउने प्रयासमा छौं ।’