- Loading...
प्रशारण लाईनलाई रुख काट्न अनुमति
- पुनहिल डट कम
- ५ साल अघि
- ३७५ पटक पढिएको
|#, DofUbLsf] cGgk"0f{ ufpkflnf, # bfgfdf lgdf{0fflwg @@) s]leP k|zf/0f nfO{gsf] 6fj/ lgdf{x x'b} . bfgf s':df;Ddsf] $@ lsdL v08df lgdf{0fflwg ;j:6];g / k|;f/0fnfO{gsf 6fjg lgdf{0f wdfwd e}/x]sf] 5 . t:jL/ M 3gZofd v8sf÷sflGtk'/
अन्नपूर्ण गाउँपालिका, ३ दानादेखी पर्वतको खुर्कोट सवस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाईनलाई रुख काट्न कानुनी बाटो खुलेको छ ।
कालीगण्डकी प्रशारण लाईनका ३० वटा टावर राख्न २।५८ हेकटर वन क्षेत्रमा फैलिएको ११ वटा सामुदायीक वनका दुई सय ८ रुख काट्न वन कार्यालयले स्वीकृती दिएपछि अवरुद्ध प्रशारण लाईन निर्माण पुनः सुचारु हुने भएको हो । एक बर्ष अघि मन्त्री परिषदको जग्गा उपभोग र रुख काट्न दिने निर्णय वल्न म्याग्दी र पर्वत स्थित डिभिजन वन कार्यालयले कार्यान्वयनमा ल्याएका हुन ।
‘आयोजनाले वन विभागसँगको सम्झौता अनुसार जग्गाको सट्टाभर्ना गरेपछि रुख काट्न स्वीकृति दिएका हौं’ डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख हरिशचन्द्र सापकोटाले भने, ‘काटिने रुखको छपान, मुल्याङ्क र चेकजाँच भैसकेको छ । अव टावर राख्न खुल्ला भएको छ ।’
म्याग्दी तर्फको सामुदायीक तथा राष्ट्रिय वनमा जग्गासट्टाभर्ना सुरु भएपनि पर्वत तर्फ भने सट्टाभर्ना गर्ने जग्गा खोजी भैरहेको कालीगण्डकी प्रशारणलाई आयोजनाले जनाएको छ ।
दाना–कुस्मा–वर्दघाट १ सय ४२ किमी लाईन मध्य पहिलो खण्ड दाना –कुस्माको ४२ किमी खण्डमा सवस्टेसन र प्रसारणलाईनका टावन निर्माण धमाधम भैरहेको छ । आयोजनाले दाना र पर्वतको खुर्कोट (कुस्मा)मा सवस्टेशन निर्माण पुरा गरी १ सय १४ टावर मध्य एक सय ८ वटा टावर पनि निर्माण भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, केन्द्र रहेको पोखरेवगर खण्डमा ६ वटा टावर राख्न विवाद छ । टावर राख्ने लाईनमा गाउँपालिका मुकाम परेको र सरकारी भवन समेतका वस्ती विकास तथा शहरीकरण भै वस्तीमाथी हाईटेन्सन लाईन राख्न समस्या भएको हो ।
‘सामुदायीक वन क्षेत्रमा पनि टावर राख्ने काम पुरा भएको छ । जग्गासट्टा भर्ना भएपछि वन क्षेत्रका केही रुख काट्ने र तार टाँग्ने काम गर्न वाटो खुलेको छ । अव धमाधम काम सुरु हुन्छ’ आयोजना प्रमुख चन्दन घोषले भने, ‘सवस्टेसन र टावरमा राख्ने इलेक्ट्रोनिक उपकरण पनि ढुवानी भैसकेको छ ।’
एशियाली विकास वैंकको सहयोगमा निर्माण हुने प्रशारण लाईन निर्माण गर्न भारतिय टाटा प्रोजेक्ट्स र चिनिया कम्पनी चिन्ट इलेक्ट्रिक जेभीसँग २०१८ नोभेम्बर सम्म निर्माण पुरा गर्नेगरी सम्झौता भएकोमा ढिलाई भएको छ । आयोजनाले प्रशारणलाईनको करिव ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
आयोजना निर्माण ढिलाई हुँदा मुस्ताङ्गमा निर्माण भएको १३.६ मेगावाट क्षमताको थापाखोला जलविधुत करिव खेर गैरहेको छ । त्यसैगरी विधुत उत्पादन अन्तिम तयारीमा रहेका ५ मेगावाटको घलेम्दी जलविधुत पनि खेर जाने अवस्था छ । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविधुत आयोजनाले निर्माणमा ढिलाई गरिएको जनाएको छ ।
मुस्ताङ्ग/म्याग्दीको उत्तरी क्षेत्रका जलविधुत आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र वाग्लुङ्ग जिल्लाका विभिन्न जलविधुत आयोजनाबाट उत्पादित विजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खर्कुोट–बर्दघाट खण्डको प्रसारण लाईनबाट विजुली लैजाने प्राधिकरणको योजना रहेको छ ।
विधुत प्राधिकरणले कालीगण्डकी जलाधार क्षेत्रमा बनेका विध्लुाई जोड्ने कालीगण्डकी करिडोर सवस्टेसन र प्रसारण लाईन निर्माणमा ढिलाई गर्दा हिमालपारीको जिल्ला मुस्ताङ्गमा उत्पादित १० मेगावाट क्षमताको थापाखोला जलविधुत आयोजनाले आफ्नो उत्पादन म्याग्दीको नारच्याङ्ग स्थित २ मेगावाट क्षमताको तातोपानी साना जलविधुत आयोजनाको सवस्टेसन सिमित गराएको छ ।
विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीले दुई अर्व ९० करोडमा ठेक्का दिएको हो । आयोजना र ठेकदार विच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो ।
त्यसैगरी कालीगण्डकी करीडोरको दाना सवस्टेसनमा जोड्नेगरी राहुघाट ३२ मेवा, घारखोला १४ मेवा, कालीगण्डकी अपर ६४ मेवा, कालीगण्डकी गर्ज १४६ मेवा, निलगिरी ३८ मेवा, मुस्ताङ्गमा निर्माणाधिन ताङछर खोला २.४० मेवा, र कोवाङ–कालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विधुतलाई जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवाङ्गखोला २५ मेगावाट, म्याग्दी खोला क्षेत्रका अन्य १२ योजनाले पनि २ सय ८० मेगावाट उत्पादन गर्न सर्वेक्षण अनुमति लिएका छन । माथिल्लो म्याग्दी ‘ए’ ३० मेवा, म्याग्दी–२ २७ मेवा, कालीगण्डकी–तिप्ल्याङ्ग ६७ मेवा, माथिल्लो मुदीखोला १० मेवा समेत २१ वटा आयोजनाले २ सय ३६ मेवा योजनाले बिद्युत उत्पादन अनुमति लिएका आयोजनाको विधुत यही २ सय २० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना हो ।