FLASH NEWS
- Loading...
एमालेलाइ बेनी नगरमा नगरप्रमुख तथा उपप्रमुखकाे नाम टुङ्ग्याउन सकस, चार-चार जनाकाे नाम शिफारिस
- पुनहिल डट कम
- २ साल अघि
- ३२७ पटक पढिएको
आसन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको नगरप्रमुख तथा उपप्रमुख पदमा सर्वसम्मत गर्न नसकेपछि नेकपा एमालेले चार–चार जना आकाँक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने भएकाे छ ।
मंगलबार बसेकाे नगर कमिटीको बैठकले नगर प्रमुखमा प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरज केसी र नारायण जिसीको नाम पठाएकाे छ ।
त्यस्तै उपप्रमुखमा पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव सुरत केसीले बताए ।
अाकांक्षीहरूकाे चर्काे दवाव रहेकाेले जिल्ला कमिटीले पनि नाम टुङ्ग्याउने संभावना झिनाे रहेकाेले जिल्ला कमिटीको बैशाख २ गते बैठकले नाम प्रदेशमा पठाउने संभावना छ ।
प्रतिक्रिया दिनुहोस