- Loading...
म्याग्दीका हतियारवालाले प्रशासनलाइ टेरेनन, हतियार बुझाउन आनाकानी
- पुनहिल डट कम
- ३ साल अघि
- ४१६ पटक पढिएको

स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न प्रशासन कार्यालयले इजाजत प्राप्त हतियारहरु नजिको प्रहरी कार्यालयमा बुझाउन जारी गरेको सूचनालाई हतियारधारीहरुले अटेर मात्र हाेइन, अवज्ञा नै गरेका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चैत २८ गतेसम्म जम्मा १८ थान हतियार मात्र प्रहरी कार्यालयमा बुझाईएको छ । प्रशासन कार्यालयको अभिलेख अनुसार जिल्लाभर विभिन्न कम्पनी र मोडेलका ९४ थान इजाजत प्राप्त हतियार रहेका छन ।
प्रशासन कार्यालयले चैत पहिलो साता सूचना प्रकाशित गरी निर्वाचनपछि फिर्ता लैजाने गरी चैत २५ गते भित्र सवै हतियार बुझाउन अन्यथा हतियार नवुझाएमा खानतलासी गरिने र हतियार फेला परे कानुन बमोजिम कार्वाही गर्ने भनेको थियो । तर अधिकांशले सूचनाको अवज्ञा गरेका छन । ०७४ सालको स्थानीय तह निर्वाचनको समयमा इजाजत प्राप्त हतियार बोकेर हिंडेको विषयले एमाले र काँग्रेस विच झडप नै भएको थियो ।
‘चैत २८ गते सोमबारसँझसम्म जम्मा १८ थान हतियार मात्र हतियार प्राप्त भएका छन । चुनाव पछि फिर्ता गरिने भएपनि अपेक्षित हतियार आएनन’ जिल्ला प्रमुख रहेका प्रहरी नायव उपरिक्षक तिलक भारतीले भने, ‘गृहलाई जानकारी पठाई निर्देशन अनुसार हतियार बुझाउन नआएकालाई पुनः ताकेता गर्छौ ।’
अभिलेख अनुसार जिल्लामा विभिन्न कम्पनी र मोडेलका ९४ थान इजाजत प्राप्त हतियार छन । इजाजत भएका हतियारमध्य अन्नपूर्ण गाउँपालिकाको भित्रका १५ थान, रघुगंगा गाउँपालिका भित्र १४ थान हतियार छन । त्यस्तै बेनी नगरपालिका भित्र २६ थान हतियार छन । मंगलामा ९ थान, मालिकामा १४ थान र धवलागिरीमा ७ थान इजाजत प्राप्त हतियार छन ।
जिल्लामा सवै भन्दा धेरै पाखापानी ठेगाना भएका एकै परिवारमा २५ वोर राईफल, २२ बोर राईफल, २ नाले १२ बोर विर्ज लोडिङ, १ नाले १२ बोर विर्ज लोडिङ, २२ बोर राईफलगरी ५ थान हतियार रहेको अभिलेखमा पाईन्छ । जातिगत रुपमा सर्वाधिक धेरै थकाली जातीसँग हतियार रहेका छन । लैङ्गिक रुपमा हेर्दा ११ जना महिलाको नाममा हतियार राखिएको अभिलेखमा भेटिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
