FLASH NEWS
  • Loading...

अन्नपूर्ण एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दीवा तिलिजा उम्मेदवार, मंगलामा सतप्रसाद रोकाले दोहोर्याउने

  • पुनहिल डट कम
  • २ साल अघि
  • ४१३ पटक पढिएको
अन्नपूर्ण एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दीवा तिलिजा उम्मेदवार, मंगलामा सतप्रसाद रोकाले दोहोर्याउने

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दीवा तिलिजालाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ ।
एमाले अन्नपूर्ण गाउँपालिका कमिटिको वैठकले औलका भरत पुन र पाउद्धारकी दिवालाई अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भरत पुनले बताए । पुनले हालै अन्नपूर्ण गाउँपालिकाको शिक्षा संयोजक पदबाट राजिनामा दिएका थिए ।


पुन कुशल सहजकर्ता र प्रशिक्षकको रुपमा लोकप्रिय छन । तिजिजा लामो समयदेखी सदरमुकाममा रहेर गैहृसरकारी संस्थामा काम गर्नुकासाथै महिला तथा मानवअधिकार रक्षकको रुपमा सकृय थिईन ।


त्यसैविच मंगला गाउँपालिकामा बर्तमान पालिका अध्यक्ष सतप्रसाद रोकाले दोहोर्याउने भएका छन । सोमबार बसेको एमाले मंगला गाउँपालिका कमिटिको बैठकमा उपाध्यक्षमा बर्तमान उपाध्यक्ष सृजना केसी र पेमा अधिकारी विच सहमती जुट्न नसकेपछि दुवैको नाम जिल्लामा शिफारिस गर्ने निर्णय भएको छ ।
म्याग्दीमा पालिका स्तरमा अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउने एमाले पहिलो दल भएको छ । काँग्रेस–माओवादी केन्द्र विच गठवन्धनको किचलोले अल्झाएको बताईएको छ ।