- Loading...
नेपाल छन्त्याल संघको सम्मेलनबाट मनमोहन विजयी
- पुनहिल डट कम
- ३ साल अघि
- ३७४ पटक पढिएको

नेपाल छन्त्याल संघको बेनीमा सम्पन्न ७ औं राष्ट्रिय सम्मेलनबाट मनमोहन बुढाथोकी छन्त्याल विजयी भएका छन ।
आइतवार विहान भएको मतदानमा मनमोहनले २ सय ४ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी गजेन्द्र छन्त्यालले १ सय १२ मत पाए ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा लोकप्रीय १ सय ८५ मतसहित मनमायाँ छन्त्याल विजयी भएकी छिन । संघको राष्ट्रिय सम्मेलनको अध्यक्ष पदको निर्वाचनलाई निक्कै महंगा भएको पनि सदस्यहरुले टिप्पणी गरेका छन ।
सर्वसम्मत नभएपछि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्य पदमा निर्वाचन भएको थियो । मतदानमा ३ सय २४ मत खसेको थियो । खुल्ला सदस्य पदमा श्याम पाल्तेन छन्त्याल, नरेन्द्र छन्त्याल र घनसा छन्त्याल विजयी भएका छन ।
छन्त्याल संघको अधिवेशनबाट महिला उपाध्यक्षमा यमुना छन्त्याल, खुल्ला उपाध्यक्षमा हरिचन छन्त्याल, गण्डकी प्रदेशमा खिम छन्त्याल, लुम्बीनीमा लोक छन्त्याल र बाग्मतीमा चक्रबहादुर छन्त्याल निर्विरोध भएका छन । महासचिवमा कृष्ण छन्त्याल र कोषाध्यक्षमा शिव छन्त्याल चयन भएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
