- Loading...
म्याग्दीमा टाइफाइड विरुद्धको खोप चैत २५ देखी, २८ हजार ७ सय बालबालिकालाई खोप दिइने
- पुनहिल डट कम
- ३ साल अघि
- ४८० पटक पढिएको

दक्षिणएशियामै पहिलो पटक नेपालमा १५ महीनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन सुरू भएकाे छ । म्याग्दीमा चैत २५ गतेदेखी टाइफाइड विरुद्ध खोप अभियान सुरू हुँदै छ ।
म्याग्दीमा याे अभियान चैत २५ देखी वैशाख २ गतेसम्म चल्ने छ। अन्नपूर्ण गाउँपालिकामा ३ हजार ३ सय ८७ जना, रघुगंगा गापामा ३ हजार ९ सय ८० जना, बेनी नगरपालिकामा ९ हजार ६ जना, मंगला गापामा ४ हजार ८० जना, मालिकामा ४ हजार ७ सय ८० जना र धवलागिरीमा ३ हजार ४ सय ८५ जनागरी २८ हजार ७ सय १८ जना बालबालिकालाइ टाइफाइड विरुद्ध खोप लगाइने छ । जिल्लाका २ सय ३० वटा खाेप केन्द्र ताेकिएका छन ।
स्कुलमा पुगेका बालबालिकालाइ खाेप अभियानमा समावेश गर्न सहज भएपनि बाहिर कृषी, यातायात, निर्माण क्षेत्रमा रहेका बालबालिकालाइ खाेप पुर्याउन चुनाैतीपूर्ण छ ।
नेपालमा विस २०३४ सालदेखी विसिजी, डिपिटीबाट एन्टीजिन खाेप लगाउन सुरू गरिएकाे हाे । टाइफाइड विरुद्ध खोप नेपालमा लगाइने १२ अाैं एन्टीजिन खाेप हाे । नेपालले पछिल्लो १० वर्षदेखि टाइफाइड विरुद्ध खोप लगाउन गृहकार्य थालेको थियो।
स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार टाइफाइड राेग सवै उमेर समुहलाइ लाग्ने भएपनि १५ बर्ष मुनीका बालबालिकामा ११ गुणाबढी संक्रामक छ । याे अभियानपछि नियमित रूपमा वालबालिकालाइ अन्य खाेपसँगै टाइफाइड विरुद्ध खोप लगाइने छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
