FLASH NEWS
  • Loading...

जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९१ पटक पढिएको
जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु

जयनगर–जनकपुर–कुर्था खण्डमा करिब ८ वर्षपछि आज विहानदेखि यात्रुसहितको रेल सेवा सुरु भएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ  गरेका थिए ।

आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।  उनका अनुसार  दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ ।  जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ ।

 

जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारी दिए ।

१९९४ सालमा महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न भारतले निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो । २०५९ को बाढीले विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि–जयनगर (२९ किलोमिटर) मा खुम्चिएको थियो ।