FLASH NEWS
  • Loading...

नेपाल पत्रकार महासंघ स्थापना दिवसमा रक्तदान कार्यक्रम

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०९ पटक पढिएको
नेपाल पत्रकार महासंघ स्थापना दिवसमा रक्तदान कार्यक्रम

नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान गरिएको छ ।
स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बेनीको प्राबिधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पत्रकार तथा अन्य गरि ११ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले बताए ।