FLASH NEWS
- Loading...
स्थानीय तह निर्वाचन: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
- पुनहिल डट कम
- २ साल अघि
- २२९ पटक पढिएको
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम पास गरेको छ। आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।
त्यसैगरी, वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ । वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।
सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने छ।
वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनअन्तर्गत् २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस