FLASH NEWS
  • Loading...

म्याग्दी अव हिमाली जिल्ला

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५९ पटक पढिएको
म्याग्दी अव हिमाली जिल्ला

म्याग्दी अव हिमाली जिल्लामा समावेश भएको छ । अन्नपूर्ण, वराह शिखर, निलगिरी साउथ, धौलागिरी श्रृखला, गुर्जा, चुरेन हिमाल अवस्थित म्याग्दी हिमाली जिल्लाबाट छुटेको थियो ।  यस अघि २० वटा हिमाली जिल्ला रहेकोमा म्याग्दी थपिएसँगै अव हिमाली जिल्लाको संख्या २१ पुगेको छ ।

राष्ट्रिय सभाले केही नेपाल ऐन संशोधन गर्न वनेको विधेयक २०७५ लाई शनिवार स्वीकृत गरेसँगै म्याग्दी हिमाली जिल्ला बनेको हो । प्रतिनिधी सभाबाट यस अघि नै अनुमोदन भैसकेको विधेयक राष्ट्रिपतिले स्वीकृत भएपछि लागु हुने छ ।

‘हिमाल नै हिमाल रहेको र अति दुर्गम रहेर पनि म्याग्दी छुटेको थियो । अव हिमाली जिल्लामा समावेश भएको छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘राष्ट्रपतिबाट लालमोहर लागेपछि कार्यान्वयनमा आउने छ । अव कर्मचारी नवस्ने समस्या हल हुने विश्वास छ ।’