- Loading...
जाँदा जाँदै बेनी नगरपालिकाले ८१ लाखकाे बजेट बाँडफाँड
- पुनहिल डट कम
- ३ साल अघि
- ५४१ पटक पढिएको

कार्यकालकाे अन्तिम चरणमा जाँदाजाँदै बेनी नगरपालिका कार्यपालिकाकाे ७५ अाैं वैठकबाट विभिन्न याेजनामा ८१ लाख रूपैयाँ वितरण गरेकाे छ ।
साेमबार नगरपालिकाका प्रवक्ता रामकृष्ण वराइलीले पत्रकार सम्मेलन गरी कार्यपालिकाकाे ७५ अाैं वैठककाे निर्णय सार्वजनिक गर्दै सडक वाेर्डबाट प्राप्त ५५ लाख र नगरपालिकाकाे समपुरक काेषबाट २७ लाख गरी ८१ लाखकाे बजेट विभिन्न याेजनामा बाँडेकाे बताए ।
प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष वराइलीका अनुसार बेनी नगरपालिका–४ मसार वस्ती म्याग्दीखाेलाबाट संरक्षणमा १० लाख, साेही स्थानकाे उपल्लाे बजार संरक्षणमा चार लाख विनियाेजन भएकाे छ । बेनी स्थित क्षत्री समाज भवन पुनःनिर्माणा गर्न १० लाख, १० वटै वडामा मागकाे अाधारमा याेजना छनाैट गर्नेगरी दामासाहीले २-२ लाख विनियाेजन गरीएकाे छ ।
त्यसैगरी बेनी नपा, २ हाँडेभिर–लभ्लीहिल सडक र बेनी नगरपालिका–३ स्थित दुधेखोला –हल्लेगौडा–भकिम्ली सडक मर्मत तथा स्तरोन्नती गर्ने बजेट ब्यवस्था गरिएकाे छ । सशर्त अनुदानका रुपमा प्राप्त भएको बाली विकास कार्यक्रमको लागि आएको रु २५ लाख ५० हजार बजेटलाई वडा नम्बर १, ४, ५, ६ र ९ मा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।
त्यस्तै बेनी नगरपालिका, ७ विरेन्द्रचोक स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको पिपल रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएका मजदुरको परिवारलाइ बेनी नगरपालिकाले श्रम एेन अन्तर्गत ७ लाख २५ हजार दिने भएकाे छ । नगरपालिकाले रूखका हाँगा काट्न लगाएकाे थियाे ।
केही समय अघि रुखबाट ढुङ्गा विच्छाएको चौतारीमाथी खसेर मालिका गाउँपालिका, २ रुम घर भै पर्वतको जलजला गाउँपालिका, ३ वारीवेनी बस्ने थानबहादुर पुन (४२)को वे मृत्यु भएको थियाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
