FLASH NEWS
  • Loading...

भीरबाट लडेर युवकको मृत्यु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३०५ पटक पढिएको
Post Thumbnail

भीरमा घाँस काट्ने क्रममा लडेर यहाँका एक युवाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका, ३ दानका १७ बर्षिय गणेश रसाईली विहिवार दिउँसो सुकेवगर माथीको भीरमा घाँस काट्नेक्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट लडेर घाईते अवस्थामा फेला परेका रसाईलीको उपचारकालागी बेनी पुर्‍याउँदा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।

‘घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएका युवाको जिल्ला अस्पतालमा पोष्ट मार्टमगरी परिवारले दाहसंस्कार गरेका छन’ प्रहरी निरिक्षक लोकबहादुर गुरुङ्गले भने, ‘मृतकका आफन्तले भीरबाट लडेर मृत्यु भएको जाहेरी दिएका छन । अन्य कारण बारे अनुसन्धान भैरहेको छ ।’