- Loading...
सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया
- पुनहिल डट कम
- ३ साल अघि
- ४२४ पटक पढिएको

हरेक सार्वजनिक निकायले सार्वजिनक खरिद प्रक्रियालाई अपनाएर बस्तु, सेवाको खरिद गर्न सके सुपथ मूल्यमा गुणस्तरीय बस्तु, सेवा प्राप्त गर्न सकिने बताएका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहचल, काठमाडौको आयोजनामा मंगलवार वेनीमा आयोजित कार्यक्रममा सार्वजनिक खरिदको परिचय, भूमिका, कार्यहरु, ऐन, निर्देशिका र व्यवहारिक कठिनाईका बारेमा निर्देशक सुवाश शिवाकाेटी, सहसचिव कुमार घिमिरेले सहजीकरण गरे ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, म्याग्दीकाे समन्वयमा अायाेजित कार्यक्रममा स्थानीय तहका अध्यक्ष, कार्यालय प्रमुखहरू, लेखा अधिकृत वा सहायक कर्मचारी, राजनैतिक दल, निर्माण ब्यवसायी र पत्रकारहरू सहभागी थिए ।
कार्यक्रममा स्थानीय तह आफैमा सरकार भएकाले छिटो छरितो खरिद प्रक्रियाका लागि सार्वजनिक खरिद ऐन २०६३ मा आधारित रहेर कार्यविधि बनाएर जान सकिने सुझाव दिँदै विधि, प्रक्रिया पु¥याएर गरिने खरिद प्रक्रियाले सेवा प्रवाहमा पारदर्शिता, सुशासन कायम हुने धारणा राखेका थिए ।
स्थानीय तह, सरकारी कार्यालयहरुले खरिदका क्रममा भोगेका समस्याहरु, खरिद सम्बनधी अन्य जिज्ञासाका बारेमा उपसचिव घिमिरेले सुशासनका विभिन्न आयाम मध्ये सार्वजनिक खरिद पनि एक भएकाले ऐन र निर्देशिकामा उल्लेख गरिएका सूचक अपनाएर बस्तु तथा सेवाको खरिद प्रणाली अपनाउनुपर्ने उल्लेख गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
