FLASH NEWS
  • Loading...

धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२४ पटक पढिएको
धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका नागरिकलाई सरल र सर्वसुलभ रुपमा उपचारको लागि सघाउन गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।
विभिन्न प्रकृया पुरा गरि भारतबाट भन्सार छुटमा एम्बुलेन्स गाडी खरिद गरिएको र कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन । 

गाउँपालिकाले काठमाण्डौको अग्नी स्वरुम मार्फत रु १० लाख ७९ हजार ७६५ लागतमा उक्त गाडी खरिद गरेको जनाएको छ ।अध्यक्ष पुनका अनुसार गाडीको सिट व्यवस्थापन, पाटेसन, अक्सीजन लगायतको प्रवन्ध गर्ने कार्यमा थप रु १ लाख २७ हजार खर्च हुने भएकाे छ ।

गाउँपालिकाले दुई बर्षअघिदेखि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएकोमा भन्सार छुटबाट खरिद गर्दा प्रकृया लामो भएकाले एम्बुलेन्स सञ्चालनमा ढिलाई भएको जनाएको छ । कार्यपालिका बैठक मार्फत कार्यविधि निर्माण र समिति गठन गरि गाउँपालिका मातहत रहने गरि उक्त एम्बुलेन्सलाई सञ्चालन गरिने जनाइएको छ ।