- Loading...
धौलागिरी आईसफल पग्लनेक्रम तिव्र
- पुनहिल डट कम
- ३ साल अघि
- ४२३ पटक पढिएको

घडीको सूई घुमे झै धौलागिरी पाचौं, मानापाथी, फ्रेन्चपास, मुकुट हिमाल, सिता चुचोरो, धौलागिरी प्रथम र टुक्चेपिक गोलाकार झै उभिएका रहेछन । एउटा हातलाई अँजुली बनाउँदा जस्तै छ, धौलागिरी वेस क्याम्प । यही क्याम्पदेखी करिव पाँच किलोमिटर तलसम्म लत्रेको छ, धौलागिरी ग्लेसियर । बढ्दो तापक्रमले ग्लेसियर विस्तारै पग्लदै खुम्चदै गैरहेको मात्र छैन पातलो पनि बन्दै गएको छ ।
धौलागिरी वेस क्याम्प क्षेत्रमा टि हाउस तथा क्याम्पीङ संञ्चालन गरी बसेका हरी तिलिजाका अनुसार पछिल्लो २५ बर्षमा धौलागिरी आईसफल २ सय मिटरबढी पग्लेख खुम्चेको छ । त्यसैगरी बर्षेनी कम्तीमा तीन फिटबढी पातलो हुने गरेको छ ।
म्याग्दी नदीको मुहान समेत रहेको धौलागिरी ग्लेसियर बर्षेनी ढिक्का ढिक्का परेर फाट्दै बग्ने गरेको छ । स्थानीयले धौलागिरीका हिमचुतुवा भनी बोलाउने हरी तिलिजाका अनुसार चैत–जेठ महिलामा ग्लेसियर चोक्टा चोक्टा परी पग्लदै फाट्ने र असार–भदौ महिनाको बर्षाहुँदा बग्ने गरेको छ ।
म्याग्दीको धौलागिरी गाउँपालिका, ३ मुदीमा पर्ने धौलागिरीका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहणको हिसावले सबभन्दा कान्छो हो । सगरमाथा पत्ता नलाग्दासम्म धौलागिरीलाई नै संसारको सर्वाधिक अग्लो चुचुरो मानिन्थ्यो ।
सन् १८०८ मा भारतमा रहेको वेलायती सर्भे टिमले धौलागिरी हिमालको उचाई ८ हजार एक सय ४७ मिटर भनि पत्ता लगाएका थिए । शुरुका ३० बर्ष संसारको अग्लो चुचुरो भन्ने विश्वास गरिन्थ्यो ।
धौलागिरि प्रथम संसारको सातौ र नेपालको छैठौं अग्लो हिमाल हो । प्रचलित राउण्ड धौलागिरी पदमार्ग धौलागिरी प्रथम आरोहण र सिता चुचुरोपासगरी मुस्ताङ्ग निक्लन प्रयोग गरिन्छ ।
*तस्वीर/शब्द ः घनश्याम खड्रका/ (खड्का कान्तिपुर दैनिकका उपसम्पादक पनि हुन ।)

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
