FLASH NEWS
  • Loading...

पोखरे–चित्रे सडककाे कुरमुनीमा स्थानीयले गरे यातायात अवरोध

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२८ पटक पढिएको
पोखरे–चित्रे सडककाे कुरमुनीमा स्थानीयले गरे यातायात अवरोध

पोखरे–घार–चित्रे सडकको अन्नपूर्ण गाउँपालिका, ६ कुरमुनीको घुम्ती खण्डमा स्थानीयले यातायात अवरोध गरेका छन ।
पोखरे–घार–चित्रे सडक आयोजनाले सडकमा खसेको पहिरो पन्छ्याएर यातायात पुरानै ट्रयाकबाट सूचारु गर्न माग गर्दै कुरमुनीका कृष्ण बरुवाल, वेलबहादुर वरुवाल समेत स्थानीयले सडकमा पर्खाल लगाई यातायात अवरुद्ध पारेका हुन ।
गत असोजमा उक्त स्थानमा सुख्खापहिरो सडकमा खसेर यातायात अवरुद्ध पारेपछि आयोजना, जनप्रतिनिधी वीच मंसिर महिनासम्म सडकको पहिरो हटाई यातायात खुलाउने र सो समयसम्म ब्यक्तिको जग्गाबाट डाईभर्सन बनाई यातायात सुचारु गर्ने सहमति कार्यान्वयन नभएको जग्गाधनीको दावी छ ।
‘वर्खापहिरो झरेर सडक पुरिएपछि केही समयकालागी डार्भसनको रुपमा आफ्नो जग्गाबाट यातायात संञ्चालन गर्न दिएको हो । आयोजनाले सडकको पहिरो पन्छ्याएर पुरानै ट्याकबाट यातायात संञ्चालन गर्नु पर्छ’ स्थानीय वेलबहादुर बरुवालले भने, ‘अरुको जग्गा अनधिकृत प्रयोग गर्न पाईदैन । हामीले बर्खाको समयमा सहजीकरण गरेका हौं, सँधैकालागी जग्गा दिएका होईनौं ।’