FLASH NEWS
  • Loading...

उत्खनन र प्याकेजिङ नहुँदा ‘हिमालय साल्ट’ अलपत्र

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२७ पटक पढिएको
उत्खनन र प्याकेजिङ नहुँदा ‘हिमालय साल्ट’ अलपत्र

|cnkq lxdfnog ;fN6sf] vfgL M lxdfnkf/L d':tfªsf] jf/fu'ªd'lQmIf]q ufp“kflnsf, # t]tf¨ l:yt sfnLu08sL gbLb]vL sl/j Ps lsnf]ld6/ leq g/l;ªvf]nf 5]pdf cnkq cj:yfdf /x]sf] g'gkfgLsf] kf]v/L / g'gkfgLsf] d'n b]vfp“b} Ps :yfgLo . oxf“sf] g'gvfgL pTvgg ug{ vfgL tyf e'ue{ ljefun] k|s[of ;'? u/]klg sfd eg] ;'? ePsf] 5}g . kmfOn t:jL/ M 3gZofd v8sf, sflGtk'/

नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘गोठभरी भैसी, हल्लुडोको दु:ख’ । दैलोमै नुन खानी भएर पनि ब्यवस्थित उत्खनन र प्याकेजिङ हुन नसक्दा महंगो मुल्यमा आयातित नुन उपभोग गर्दै आएका मुस्ताङको सन्दर्भमा प्रचलित उखान ठ्याक्क मिल्छ ।
महंङ्गो मुल्यमा भारतीय नुन सेवन गर्दै आएका मुस्ताङ्गवासीमा रहेको आफ्नै नुनखानी भने ब्यवस्थित संञ्चालन हुन नसक्दा अलपत्र परेको छ ।

वारागुङमुक्तिक्षेत्र गाउँपालिका, ३ तेताङ्ग स्थित कालीगण्डकी नदीदेखी करिव एक किलोमिटर भित्र नरसिङखोला छेउमा रहेको नुन खानी उत्खनन गर्न खानी तथा भुगर्भ विभागले प्रकृया सुरु गरेपनि काम भने सुरु भएको छैन । भीर/पहराबाट निक्लने नुनिलोपानीको मुलहरु बगेर थोरङ्लापासबाट झर्ने नरसिङ खोलामा मिसिने गर्छ । आयोडिनयुक्त अनुदानको नुन आउन थालेपछि यहाँको नुनखानी अलपत्र परेको हो । २०५० सालसम्म स्थानीये नुनपानीलाई खोलापारि रहेको चारवटा पोखरीमा जम्मा गरि कार्तिकको वा लाग्दो मंसिरमा नुन झिक्ने गर्दथे ।
स्थानिय न्हाँ गुरुङ्गका अनुसार ०६२ सालसम्म यहांको पोखरीबाट बार्षिक ६० मुरी नुन उत्पादन हुन्थ्यो । साविकको छुक्साङ गाविसका तेताङ्ग, छुक्साङ्ग, चैले, ताम्बे आदी गाउंका वासिन्दाले यहींको नुन सस्तो मुल्यमा पाउँथे ।

‘मैले नै संसदमा मुस्ताङको नुनखानी अध्ययनगरी संञ्चालनमा ल्याउन माग गरेको हो । खानी तथा भुगर्भ विभागमा धेरै धाएर अनुसनधानकर्ता झिकाई नुनको रासायनिक परीक्षण गरिएको हो’ सांसद तुलाचनले भने, ‘रासायनीक परीक्षणले गुणस्तरीय नुन देखिएकोले विभागले उत्खनन गर्न सूचना जारी गरेको थियो । कतिले आवेदन गरे, पछिल्लो अपडेट छैन ।’

त्यति मात्र होईन, राज्यले आम सर्वसाधरणकालाई आयोडिनयुक्त नुनमा पहुँच पुऱ्याउन साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत वर्षेनी करोडौं अनुदानमा खर्चे पनि हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगका वासिन्दाले भने यो अनुदान युक्त नुन पाउँदैनन ।
उपल्लो भेगका लोमन्थाङ र लोघेकेरदामोदरकुण्ड गाउँपालिकाका अधिकांश वासिन्दा अहिले पनि तिब्बती ढिके नुनकै भरमा गास निलिरहेका छन । नेपाली बजारबाट लोमन्थाङ पुऱ्याउने नुन भन्दा तिब्बतबाट आउने नुनको मुल्य धेरै सस्तो भर्ने भएकोले अझै तिब्बती ढिके नुनको प्रयोग भएको हो । तर पछिल्ला दिन मोटरबाटोको पहुँच पुगेपछि ब्यापारीहरुले बेनी, बाग्लुङ र पोखराबाट नुन लगेर वेच्न थालेका छन । बजारमा एक केजी आयो नुनको मुल्य ८० रुपैयाँबढी पर्ने गरेको छ ।
‘उपल्लो भेगका मुस्ताङ्गी अझै तिब्बती ढिके नुनमा निर्भर छन । कोरोनाको कारण कोरोला नाकामा आवत–जावत रोकिएकोले ढिके नुन ल्याउन रोकिएपछि तल बजारबाट ल्याएको आयो नुनको प्रयोग बढेको हो’ मुस्ताङ निर्वाचन ख बाट गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनले उपल्लो मुस्ताङ्गीलाई अनुदानको नुन दिंदैन । स्थानीय पालिकाहरुले अनुदानको नुन, चिनीको ढिपो लोमन्थाङमा राखिदिन माग गरेपनि साल्ट ट्रेडिङले चासो दिएको छैन ।’
मुस्ताङ सदरमुकाम जोमसोममा भने साल्ट ट्रेडिङको विक्री डिपो रहेको छ । डिपोले मुस्ताङका तल्लो भेगका वारागुङमुक्तिक्षेत्र, घरपझोंङ र थासाङ गाउँपालिकाकालागी सदरमुकम जोमसोमबाट भारतीय अनुदान प्राप्त आयोडिन युक्त ‘भान’ ुनुन प्रति केजी ९ रुपैयाँमा विक्रि गर्दै आएको छ ।
जोमसोम स्थित कर्पोरेसनको डिपोबाट गाउँमुखियाहरुले स्थानीयको माग संकलन गरी सोही मागको आधारमा एक वर्षकोलागी नुन लैजाने र उपभोक्तालाई वितरण गर्दै आएका छन । अनुदानयुक्त ‘भानु’ नुनबाहेक मुस्ताङका बजारमा साल्ट ट्रेडिङकै आयोनुन पनि ब्यापारीले प्रति केजी ६० रुपैयाँमा विक्रि गर्ने गरेका छन ।
‘मुस्ताङका पाँचमध्य तल्लो भेगका तीन पालिकामा डिपो मार्फत अनुदान प्राप्त नुन वितरण गर्दै आएको छ । डिपोमा प्रति केजी ९ रुपैयाँ पर्छ । डिपोबाट घरसम्मको ढुवानी उपभोक्ता आफैले गर्नु पर्ने हुन्छ’ साल्ट ट्रेडिङका जोमसोम स्थित डिपो प्रमुख अरुण नेपालीले भने, ‘हामीले पालिका/वडा मार्फत नुनको माग संकलन गर्छौ । र वडाध्यक्ष वा गाउँमुखियाले ढुवानी खर्च आफैले ब्यहोर्नेगरी उपभोक्ताको घर/वस्तीसम्मै पुऱ्याउँछन ।’ डिपो प्रमुख नेपालीले थपे, ‘खै किन हो कुन्नी पहिल्यै देखी उपल्लो मुस्ताङ्गमा भने साल्ट ट्रेडिङले अनुदानको नुन पठाउने गरेको छैन ।’
म्याग्दीमा पनि नुनिलो पानीको मुहान
मुस्ताङमा मात्र होईन म्याग्दीको अन्नपूर्ण गाउँपालिका, २ र ५ वडामा पर्ने कालीगण्डकी वारी र पारी किनारामा नुनिलो तातोपानीका मुहान रहेका छन । त्यस स्थानमा नुनिलो पानीको मुहानमात्र होईन कालीगण्डकी नदीका बगरमा सेताम्मे नुन जमेको भेटिन्छ ।
पानी नुनिलो भएपनि मुस्ताङको नुनखानीको जस्तो चर्को भने छैन । बजरमा सेताम्मे नुन जमेको भएपनि यहाँ नुनखानीको संभावना भने अध्ययन भएको छैन ।
म्याग्दीमा सेताे नुनमा कालाे मन 
साल्ट ट्रेडिङ कर्पोरेसनको म्याग्दीमा कुनै विक्री डिपो छैन । बाग्लुङमा रहेको कर्पोरेसनको डिपोले नियुक्त गरेको डिलरहरुले म्याग्दीसम्म आयोडिन युक्त ‘आयो नुन’ ढुवनी गरी विक्रि गर्ने गरिएको छ ।
म्याग्दी सदरमुकाम बेनीमा साल्ट ट्रेडिङको आयोनुनको प्रिन्टेड मुल्य २० रुपैयाँ उल्लेख भएपनि उपभोक्ताले भने २५ रुपैयाँमा खरिद गर्न बाध्य छन । आयो नुन सदरमुकामबाट जति टाढा पुऱ्यायो उक्ति मुल्य महंगो पर्दै जाने गरेको छ ।
‘बाग्लुङ डिपोबाट आफैले ढुवानी तिरेर ल्याएको नुनलाई हामीले प्रतिकेजी प्रिन्टेड मुल्य २० रुपैयाँमा विक्रि गर्छौ । हामीबाट खुद्रा ब्यापारीले लैजाँदा दुरी अनुसार ढुवानी खर्च, लोड/अनलोड खर्च र मुनाफा जोड्दै मुल्य निर्धारण गर्ने हो’ साल्ट ट्रेडिङका बेनी स्थित एक डिलर शुभसंकेत स्टोर्सका नारायण पौडेलले भने, ‘नुन दैनिक जीवनमा अति अनिवार्य वस्तु भएकोले हामीले ल्याउने हो । चिनी, आटा समेत साल्टले विक्रि गर्ने वस्तु त ल्याएर उही मुल्यमा विक्री गर्न सकिन्न ।’
साल्ट ट्रेडिङका डिलरले बेनीमा प्रति केजी २० रुपैयामा उपलब्ध गराउने आयोनुन छिमेकको अर्को पसलबाट भने २५ रुपैयाँमा विक्रि हुन्छ । जिल्लाको सवैभन्दा दर्गम धवलागिरी गाउँपालिका, १ गुर्जामा सोही नुन प्रति केजी ७० रुपैयाँ रहेको छ । गुर्जा सदरमुकामबेनीबाट कच्ची सडकमा एक दिन मुना र अर्को दिन ८–१० घन्टा हिंडेर मात्र पुग्न सकिन्छ । हिउँदे सडक पुगेको स्थानबाट पनि खच्चडबाट ढुवानी गर्नु पर्ने भएकोले गुर्जामा नजिको वस्तीमा भन्दा दोब्बर बढी मुल्य परेको हो ।
साल्ट ट्रेडिङले ढुवानी सुविधा नदिएपछि जिल्लाका सवै वस्तीका पसलहरुमा नुन किन्न भने पाईन्छ । नुनको अभाव नै हुने अवस्था भने छैन । जिल्लाका प्राय: वस्तीमा फाट्टफुट्ट अझै पनि ढिके नुन प्रयोग हुने गरेपनि अधिकांश उपभोक्ताले मात्र होईन पशुचौपायालाई पनि आयोनुननै खुवाउने गरेका छन ।
‘बेनीमा नुनको मुल्यमा विवाद छ । उपभोक्ताले प्रिन्टेड मुल्यमा नुन पाउनु भन्दै गुनासो गर्छन । जुन माग जायज पनि हो तर साल्ट ट्रेडिङका डिलरले नै प्रिन्टेड मुल्यमा बेच्छन, कसरी खुद्रा ब्यापारीले उही मुल्यमा बेच्ने ?’ थोक ब्यापारी समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तम कर्माचार्यले भने, ‘राज्यको करोर्डौ अनुदान लिएको साल्ट ट्रेडिङले नै गाउँका उपभोक्तामाथी मुल्यमा ठगी गरीरहेको छ । अझ चिनी र आजा जस्ता खाद्य वस्तु त डिपोबाट विल काटेपनि सामान ढुवानी भने ठूला ब्यापारीबाट गराई ब्यापारीबाट ढुवानीमा बढी मुल्य असुल्ने गर्छ ।’