FLASH NEWS
  • Loading...

बेनी अस्पतालको अध्यक्षमा माओवादी केन्द्रका सुवेदी नियुक्त

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२४ पटक पढिएको
बेनी अस्पतालको अध्यक्षमा माओवादी केन्द्रका सुवेदी नियुक्त

गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको सचिव ज्ञानेन्द्रप्रसाद सुवेदीलाइ बेनी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त  गरेकाे छ।

सुवेदी बेनी नगरपालिका–६ अथुङ्गेका स्थाइ वासिन्दा हुन । अस्पताल विकास समितिकाे अध्यक्ष बन्न न्युनतम याेग्यता पुरा गरेका अर्काे ब्यक्ति फेला नपरेपछि माअाेवादी केन्द्र काेटाबाट यस अघि खासै कुनै सामाजिक संघसंस्थाकाे नेतृत्व नगरेका सुवेदीलाइ अगाडी सारिएकाे चर्चा छ । यस अघि अरूकै नाम चर्चामा थियाे ।

नवनियुक्त अध्यक्ष सुवेदीले अस्पतालको सेवालाई प्रभावकारी रुपमा अघि बढाउन डाक्टर, स्वास्थ्यकर्मी, सरोकारवाला र सेवाग्राहीको सुझाव र सहकार्यमा सुधार गर्ने बताए ।