FLASH NEWS
  • Loading...

म्याग्दीमा ८१ बर्षिया बृद्धा बलात्कृत

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५१६ पटक पढिएको
म्याग्दीमा ८१ बर्षिया बृद्धा बलात्कृत

रघुगंगा गाउँपालिका, ३ की एक ८१ बर्षिया बृद्धा बलात्कृत भएकी छिन । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने, मुख नवोल्ने अपाङ्ग बृद्धलाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बृद्धाका आफन्तहरुका अनुसार राती बृद्धा मात्र सुतेको घरभित्र बृद्धाको अस्वभावित आवाज निकालेपछि छेवैको घरमा बस्ने नातिनीले हेर्दा वलत्कार गर्न लागेको देखी छिमेकीलाई खवर गरेकी थिईन । बलत्कारपछि दर्जी भाग्न लाग्दा स्थानियले समाति केही माथी रहेको प्रहरी चौकीलाई खवर गरेका हुन ।

आरोपित दर्जीलाई शुक्रवार राती नै घरबाट पक्राउगरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । असक्त उमेरकी बृद्धालाई आफन्तले बोकेर श्वास्थ्य परिक्षणकोलागी जिल्ला अस्पताल र निवोदनकालागी जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

‘अपाङ्ग बृद्धाको बलत्कारमा संलग्न आरोपित पक्राउ परेका छन’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङ्गले भने, ‘पीडित स्वास्थ्य परिक्षण रिपोर्ट आएको छैन । घट्नाको अनुसन्धान सुरु भएको छ ।’