FLASH NEWS
  • Loading...

कालीपुलस्थित मोटरपुल जोखिममा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २७० पटक पढिएको
कालीपुलस्थित मोटरपुल जोखिममा

|gbL s6fgn] hf]lvddf, df]6/k'n M DofUbL lhNnfnfO{ df]6/af6f]n] hf]8g] a]gL gu/kflnsf, * sflnk'n l:yt df]6/k'n sfnLu08sL gbLsf] lg/Gt/ s6fgn] lkn/ eTsfPkl5 hf]lvdk"0f{ ag]sf] 5 . k'nsf] lkn/ g} gbL s6fgn] hL0f{ ePklg ;/f]sf/jfnf lgsfon] ;+/If0fdf rf;f] eg] b]vfPsf 5}gg . t:jL/ M 3gZofd v8sf, sflGtk'/

सदरमुकाम जोड्ने बेनी नगरपालिका–८ कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् ।

सडक विभागले २०६२ मा पर्वतको मल्लाज र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमाथि ७२ मिटर लामो मोटरपुल निर्माण गरेको थियो । बर्खायाममा कालीगण्डकीले ल्याउने ठूला ढुंगाको चापले पुलको पिलर फुटेर जीर्ण भएको हो । उक्त पुल म्याग्दी र मुस्ताङलाई प्रदेश राजधानी पोखरासमेत देशका अन्य भूगोलसँग सडकले जोड्ने मुख्य पुल हो ।

 

 

 

 

कालीगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले सडक विस्तारको काम गरिरहेको भए पनि उक्त पुल आफूहरूलाई हस्तान्तरण नभएको बताउने गरेको छ । सडक विभागले भने सडक स्तरोन्नति गर्ने, मर्मत गर्ने सबै काम पुरै आयोजनाको जिम्मामा गइसकेको बताउँछ । आयोजना प्रमुख जगत प्रजापतिका अनुसार उक्त पुल आयोजनाअन्तर्गत नै पर्ने भए पनि विभिन्न पुल भिन्दाभिन्दै कार्यालयले निर्माण गरिरहेका छन् । उनले भने, ‘बनिसकेका पुलको मर्मतसम्बन्धी कुनै जिम्मेवारी हामीलाई तोकिएको छैन ।’

कालीगण्डकीले भत्काएपछि ५ वर्षअघि पुलको पिलर सुरक्षा गर्न फलामका पाताले बेरेर राखिएको थियो । उक्त फलामे पाता पनि गएको बर्खामा नदीको वेगले उप्काएर पिलर नै भत्काउन थालेको हो ।