FLASH NEWS
- Loading...
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- १५५ पटक पढिएको

रघुगंगा गाउँपालिका, ४ दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ ।
सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजे दग्नामकाे पानाकोटमा ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पाको सुनछहरी गाउँपालिका –३,का अन्दाजी १८ बर्षिय घर्ति मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङका अनुसार दुर्घटनामा घाइते घर्तिकाे उपचारको लागि बेनी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो । ट्याक्टरमा चालक सुनछहरी गाउँपालिका –३,का २८ बर्षिय जनक घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
