- Loading...
गण्डकीमा सक्रिय संक्रमित ७ हजार नाघे
- पुनहिल डट कम
- ३ साल अघि
- २०१ पटक पढिएको

गण्डकीमा कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६८ जना पुगेको हो ।
कुल सक्रिय संक्रमितमध्ये पछिल्लो २४ घन्टामा मात्रै ७ सय १७ जनामा कोरोना पुष्टि भएको हो । कुल १ हजार ५५ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा ७५ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयको तथ्यांकअनुसार महामारीको तेस्रो लहरबाट गण्डकी प्रदेश मुकाम पाेखराबढी प्रभावित छ । कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित पाेखरा एवं कास्कीका मात्रै छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार कुल संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । कुल सक्रिय संक्रमितमध्ये बिहीबारसम्म ७ हजार २८३ जना संक्रमित होम आइसोलेसनमा छन् । बाँकी ८९ जना संक्रमितमात्रै कास्कीका विभिन्न अस्पतालमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।
अस्पतालमा उपचाररत रहेका संक्रमितमध्ये २ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, ४० जना एचडीयू र ३६ जना साधारण बेडमा उपचाररत छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
