- Loading...
म्याग्दीका बालबालिकालाई कोभिड विरुद्ध दोस्रो मात्रा खाेप
- पुनहिल डट कम
- ३ साल अघि
- ३१७ पटक पढिएको

स्वास्थ्य कार्यालयले जिल्लाका १२–१७ बर्ष उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन थालेको छ ।
कोरोनाको तेस्रो लहर समुदायमा तिब्र फैलिएपछि बन्द गरिएका विद्यालयमा स्वास्थ्यकर्मी पुगेर सामाजिक दुरी र स्वास्थ्य सावधानी राख्दै विद्यार्थी बोलाई दोस्रो मात्रा खोप लगाउन थालिएको हो । शनिवार सदरमुकामका विद्यालयमा अध्ययनरत विद्यार्थीबाट सुरु गरिएको कोरोना विरुद्धको दोस्रो मात्रा खोप माघ १४ गतेसम्म जिल्लाका सवै बालबालिकालाई लगाई सक्ने बताईएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १२–१७ बर्ष उमेर समुहका ११ हजार २ सय ७८ जना बालबालिकाले कोरोना विरुद्धको पहिलो मात्र खोप लगाएका छन । यो तथ्याङक बालबालिकाको लक्षित जनसंख्याको ९० प्रतिशत खोप समेटिएको हो ।
‘बर्षा, हिमपातको प्रतिकुल मौषमका विचमा पनि माघ १४ गतेभित्र जिल्लाका सवै पहिलो मात्रा खोप लगाएका १२–१७ बर्ष उमेर समुहका वालबालिकालाई कोरोना विरुद्धको खोप लगाई सक्ने योजना छ’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘यो विचमा विद्यालयको पहुँचबाट छुटेका समुदायका अन्य वालबालिकालाई समेत खोजेर खोप लगाउँछौं ।’
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ६९ हजारबढीले पहिलो मात्रा र ५९ हजार बढीले कोरोना विरुद्धका दोस्रो मात्रा खोप लगाएका छन । पहिलो मात्रा खोप लक्षित जनसंख्याको ९६ प्रतिशत र दोस्रो मात्रा खोप ८२ प्रतिशतले पाएको स्वास्थ्य प्रमुख लम्सालले दावी गरे ।
त्यसैविच पूर्ण खोप लगाएकामध्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसमेत फ्रन्ट लाईनर करिव १५ सय जनाले कोभिड विरुद्धको तेस्रो मात्रा (बुस्टर डोज) लगाएका छन । केही कोरोना संक्रमित भएका र घर विदामा गएका बाहेकले बुस्टर डोज लगाएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
