- Loading...
यस्तो छ आगामी तीन दिनको मौसम
- पुनहिल डट कम
- २ साल अघि
- २१६ पटक पढिएको
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ।
आगामी २४ घण्टा देशभरको मौसममा सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। जसले चिसो बढ्न सक्ने जनाइएको छ।
आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। तराईका भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागमा वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यसै गरी शनिबार दिउँसो पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै, आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।