FLASH NEWS
- Loading...
भारतलाई सरकारको जवाफ : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो
- पुनहिल डट कम
- ३ साल अघि
- १२७ पटक पढिएको

भारतसँगको सीमा विवादबारे नेपाल सरकार बोलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको अभिव्यक्ति दिँदा सरकार मौन रहेको आरोप लागिरहेको बेलामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो।
आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुअघि सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कालापानी लिपुलेक र लिम्पियाधुराको सम्बन्धनमा महाकाली नदीको पूर्व कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग हो भन्नेमा सरकार दृढ छ।’
सरकारले भारत सरकारलाई नेपाली भूमि भएर जाने सरकार निर्माण रोक्न आग्रह गर्दै आइरहेको समेत बताए। भारतसँगको घनिष्ट सम्बन्धको कारण ऐतिहासिक तथ्यको आधारमा कुटनीतिक माध्यमबाटै सीमा विवाद समाधान गर्न तयार रहेको समेत बताए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
