FLASH NEWS
  • Loading...

२३ र २४ गते एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११३ पटक पढिएको
२३ र २४ गते एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन

९ बर्ष पछि पुस २३ र २४ गते नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारीमा पुरा भएकाे एमालेले जनाएकाे छ ।

अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोटको काम सकिएको छ । अधिवेशनमा भाग लिनका लागि ४५० बढी प्रतिनिधि छनौट भएको एमाले जिल्ला सचिब बालकृष्ण सुवेदीले बताए । अधिवेशन सफल पार्न आवास व्यवस्थापन, प्रचार प्रसार लगायतका विभिन्न ११ वटा उपसमिति मार्फत तयारीलाई तिब्र पारिएको एमालले दावी गरेकाे छ ।

प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । एमाले म्याग्दीकाे अध्यक्षमा हरीकृष्ण श्रेष्ठले विधानत तेस्राे पटक अध्यक्ष बन्न नमिल्ने भएपछि अध्यक्ष समेत मुख्य पदाधिकारीमा दावेदारीहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुन थालेका छन ।अध्यक्ष हुने पालोमा उपाध्यक्ष देबेन्द्र बहादुर केसी बढुवा नभए संभवत सर्वसम्मत हुन मुस्किल भएकाेले एमाले अधिवेशनमा निर्वाचन हुन सक्छ ।