- Loading...
गाउँवस्ती ढपक्कै ढाकियो हिउँले, कृषक खुशी
- पुनहिल डट कम
- ३ साल अघि
- ३४९ पटक पढिएको

मंगलवार साँझदेखी शुरु भएको हिमपातले जिल्लाका पर्यटकीय क्षेत्र महरे, घोडेपानी/पुनहिल, खोप्रो, गुर्जा लगाएत जिल्लाको उपल्लो भेगका वस्तीहरु हिउँले ढपक्कै ढाकिएको छ । हिमपात नरोकिएकोले अझै तल्लो क्षेत्रसम्म हिउँ पर्न थालेको छ ।
लामो समयपछि बाक्लो हिमपातहुँदा चिसोले बृद्धबृद्धा, बालबालिका र न्यानो कपडा नभएका विपन्न चिसोले कठ्याङ्ग्रीएका छन । तर चिसो र जाडो विर्सेर कृषकहरु भने खुशी भएका छन । आकाशे पानीको सिंचाईमा निर्भर यहाँका अधिकांश ग्रामिण खेत र पाखोवारीको खेती प्रणालीमा झरी र हिमपातले राम्रो गरेको हो ।
‘रातीदेखी वर्षको पहिलो हिमपात भैरहेको छ । चिसोबढेपनि कृषककालागी यो सिजनमा हिमपात हुन राम्रो हो’ अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका कृषक फासबहादुर गर्वुजाले भने, ‘हिउँ पर्न अझै ढिला भयो । जौ, गहुँवालीलाई सिंचाई र आलु रोप्न माटोमा चिस्यान पुग्छ ।’
त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङ्गभर बाक्लो हिमपात भएको छ । मुस्ताङ्ग जिल्लाभर हिमपात भएकोले नदीबाहेकका सवै भूभागमा बाक्लो हिउँ जमेकोले हिमाल झै बनेको छ ।
सडक तथा हवाई धावनमार्गमा बाक्लो हिउँ थुप्रो लागेकोले मुस्ताङ्गका सवै सडकमा र पोखरा–जोमसोम हवाई यातायात अवरुद्ध छ । बाक्लो हिमपातले वल्लोपल्लो घर गर्न समेत कठिन भएको छ ।
चिसोले चर्पीको पानी जमेकोले दिसा पिसावमा समेत समस्या छ । तर मुस्ताङ्गका स्याउ कृषकहरु भने हिमपातले खुसी भएका छन । स्याउका विरुवमा पालुवा लाग्ने बेला हुँदासम्म हिउँ परेको थिएन । केही दिन अघि समान्य हिउँ परेपनि भुईमा जमेको थिएन ।
घरपजोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङका अनुसार जोमसोममा दुई फिट हिउँ परेको छ । हिमपात जारी छ । मुस्ताङ्गको सवैभन्दा तलको वस्ती घाँसादेखी नै जिल्लाभरका सवै भूगोलमा बाक्लो हिउँ परेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
