- Loading...
विद्यार्थीलाई यातना दिने होस्टल वार्डेन पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- ४४७ पटक पढिएको

राति सुत्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टल वार्डेनलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–१५ गलेश्वर चोकमा रहेको न्यू लाइफ स्कुलकी वार्डेन जानुका नेपाली पक्राउ परेकी हुन् ।
उनले विद्यालयको होस्टलमा बस्ने ६ वर्षीय बालकलाई राति ओछ्यानमा पिसाव फेर्न नदिन यौनांगमा रबरले बाँध्ने गरेको खुलेको छ ।
यस्तो कुरा अर्का विद्यार्थीले सोमबार विद्यालयकै एक शिक्षिकालाई सुनाएपछि वार्डेनले बालकलाई यातना दिने गरेको सार्वजनिक भएको थियो । शिक्षिकाले बालकलाई हेर्दा पेट फुलेको र रोइरहेको अवस्थामा थिए ।
होस्टल वार्डेन नेपालीले आफूले गल्ती गरेको र अब त्यस्तो कर्तुत नदोहोर्याउने भन्दै लिखित समझदारी गरेकी थिइन् । उक्त घटना सार्वजनिक भएपछि भने प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।
नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा–१४ बस्ने २७ वर्षीया नेपालीलाई बालबालिका विरुद्धको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक केसीले बताए । कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरकेको उनले जनाए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
