- Loading...
नेपाल लाइफद्वारा नेपालकै नं. १ अभियान सार्वजनिक
- पुनहिल डट कम
- २ साल अघि
- २५३ पटक पढिएको
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।
नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको हो। यसका साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीले जनाएको छ।
कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारीहरुका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी र रु. ७.१९ अर्बको सर्वाधिक चुक्तापुँजी रहेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले आज पुस ६ गतेदेखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरिएको जनाएको छ। कम्पनीको सफलताका बारेमा तथ्यपरक प्रमाणहरु प्रस्तुत गर्दै जनतामाझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ आज पुस ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस ‘नेपालकै नं. १’ अभियानमार्फत नेपाल लाइफका लागि ग्राहक तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ।