- Loading...
बैंक ऋणको ब्याजदर बढ्दै
- पुनहिल डट कम
- २ साल अघि
- २१२ पटक पढिएको
बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले बताएका छन् ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीन/तीन महिनामा आधार दर गणना गर्नुपर्छ । यसरी त्रैमासिक रूपमा आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको (नयाँ पुराना सबै) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । चालु आर्थिक वर्षमा बैंकहरूले गत असोजमा आधार दर गणना गरेका थिए । अब पुसमा पुनः गणना गर्छन् । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढेकाले पुसमा आधार दर बढ्ने निश्चित छ । आधार दर बढेपछि बैंकहरूले कर्जाको ब्याजदर पनि बढाउँछन् ।
राष्ट्र बैंक स्रोतका अनुसार गत मंसिर दोस्रो सातासम्म बैंकहरूको कर्जाको औसत ब्याजदर ९.९९ प्रतिशत छ । अब माघदेखि १ प्रतिशत बिन्दुले मात्र पनि कर्जाको ब्याजदर बढे औसत १०.९९ प्रतिशत पुग्ने बैंकरहरूको अनुमान छ ।