FLASH NEWS
  • Loading...

प्रहरीलाई टिभी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५५ पटक पढिएको
प्रहरीलाई टिभी

प्रहरी कार्यालयको सेवाग्राही प्रतिक्षालयमा जनचेतना मुलक सन्देश प्रशारण गर्ने उद्देश्यले टेलिभिजन सेट प्रदान गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी अन्र्तगत सुनचाँदी ब्यवसायी संघले ४३ हजार मुल्य वरावरको ४३ इन्च एलजी एलसिडी टिभी सेट बेनी नगरप्रमुख हरीकुमार श्रेष्ठ मार्फत प्रहरीलाई हस्तान्त्रण गरेको हो ।

जिल्ला सदरमुकाम बेनीको सुरक्षा ब्यवस्थामा नागरिक–प्रहरी साझेदारीमा सिसी टिभी जडान, सडक सोलार बत्ति तथा विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

समुदाय–हरी साझेदारी अन्र्तगत जिल्ला स्तरिय, सवै ६ वटा स्थानीय तह, सवै ४५ वडा र ४३ वटा माध्यामिक विद्यालयमा नागरिक प्रहरी समवन्य समिति मार्फत समाजको सुरक्षा ब्यवस्था कायम गर्न काम गरिरहेको प्रहरीको दावी छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी (एसपी बढुवा) वीरबहादुर बुढाले भने, ‘समुदाय–प्रहरी साझेदारीमा सुनचाँदी ब्यवसायीको उपहार (टिभी) पुरै नागरिक चेतना बृद्धी गर्न सदुपयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सुनचाँदी ब्यवसायी संघका अध्यक्ष चन्द्रप्रकाश वराईलीको अध्यक्षता सचिव कमल विश्वकर्माको सञ्चालित टिभी हस्तान्त्रण कार्यक्रममा सुनचाँदी ब्यवसायी सघका पूर्व अध्यक्ष जीवन विक, केन्द्रीय अध्यक्ष रामकृष्ण बराईली, पत्रकार महाँसघका अध्यक्ष तारानाथ शर्मा, प्रमुख जिल्ला अधिकारी लिलानाथ अधिकारी, मेयर हरीकुमार श्रेष्ठले बेनीको सुरक्षा अवस्थाका बारेमा चर्चा गरे ।